शुक्रबार, आषाढ ०५, २०७७ || 1465  पटक पढिएको

भोकबाट ज्यान बचाउन अंगोलामा मात्रै १२ वर्षका किशोरीहरु करिब ४५ रुपैयाँमा देह व्यापार

सुन्दा पनि अचम्म लाग्ने याे खबर, चरम आर्थिक अभावका कारण कलिला किशोरीहरु मात्रै ३५ रुपैयाँमा आफ्नो श’रीर बे’च्न बाध्य भइरहेछन् । यी किशोरीहरुले धेरै राम्रो मूल्य पाएको खण्डमा पनि मात्रै ११५ रुपैयाँ मात्रै पाउँछन् । याे खबर दक्षिणी अफ्रिकाका कैयौं क्षेत्रमा भएकाे र हुदैँ गएकाे छ । यहाँका निवासी चरम भोकमरीबाट पी*डित छन् ।

रोयटर्सको रिपोर्ट अनुसार मानवीय आधारमा मानिसहरुलाई सहायता पुर्याउने संस्था वर्ल्ड भिजनले भनेको छ – भोकबाट ज्यान बचाउन अंगोलामा मात्रै १२ वर्षका किशोरीहरु करिब ४५ रुपैयाँमा देह व्यापार गरिरहेका छन् । दक्षिणी अफ्रिकामा करिब साढे ४ करोड मानिसहरु भोकमरीको समस्या झेलिरहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ ।

यहाँ एक किशोरीले यौ’नको लागि ११५ रुपैयाँ (स्थानीय मुद्रामा ५०० क्वान्जा) पाउन सक्छिन् वा ४५ रुपैयाँ (२०० क्वान्जा) मात्रै पनि पाउन सक्छिन्

खडेरी, बाढी र आर्थिक अवस्थाका कारण उनीहरुले यस्तो समस्या झेल्नु परिरहेको छ । वर्ल्ड भिजन ले आफ्ना स्टाफले नै अंगो’ला र जिम्बाब्बेमा देह व्यापार गर्ने किशोरीहरुको संख्या बढिरहेको देखेको बताएको छ । यहाँ सं’कटका कारण बाल विवाहको ख’तरा पनि बढिरहेको छ ।

अं’गोलामा वर्ल्ड भिजनका इमरजेन्सीज डाइरेक्टर रोबर्ट बुल्टनले भने ‘हुन सक्छ कि यहाँ एक किशोरीले यौ’नको लागि ११५ रुपैयाँ (स्थानीय मुद्रामा ५०० क्वान्जा) पाउन सक्छिन् वा ४५ रुपैयाँ (२०० क्वान्जा) मात्रै पनि पाउन सक्छिन् ।’ क्वान्जा निकै सस्तो मुद्रा हो । १० क्वान्जा बराबर नेपाली २ रुपैयाँ २९ पैसा मात्र हुन्छ ।

‘मलावी र मोजाम्बिकमा पनि किशोरी र महिलाहरु बाध्य भएर दे’ह व्यापार गर्नु परिरहेको छ

रोबर्टका अनुसार बितेको एक वर्षमा अं’गोलामा कैयौं अन्नको मूल्य दोब्बर भएको छ जसका कारण मानिसहरुलाई अन्न किन्नै मुस्किल भएको छ । अर्को अन्न भित्र्याउने समय जुनभन्दा पहिले हुँदैन त्यसैले अझै खरा’ब परिस्थिति आउन सक्छ । केयर इन्टरनेशनल नामक संस्थाले जिम्बाब्बेमा पनि १४ वर्षसम्मका किशोरीहरु देह व्यापार गरिरहेका छन् ।

संस्थाकी क्षेत्रीय लैंगिक एक्सपर्ट एभरजोय महुकले भने ‘कैयौं पटक यी किशोरीहरुले मात्रै ३५ रुपैयाँ (१५० क्वान्जा) मात्रै पाउँछन् ।’ एक्सन एडका क्षेत्रीय सल्लाहकार चिकोन्डी चबवुताले भने ‘मलावी र मोजाम्बिकमा पनि किशोरी र महिलाहरु बाध्य भएर दे’ह व्यापार गर्नु परिरहेको छ ।’

अफ्रिकाका केही भागमा १९८१ पछि अहिलेसम्मकै सबैभन्दा कम वर्षा भएको छ । संयुक्त राष्ट्रसंघले यको पछाडि जलवायु परिवर्तनलाई कारक मानेको छ । जाम्बिया, मदागास्कर, नामिबिया, लेसोथो र इस्वातिनी जस्ता अफ्रिकी देश पनि यसबाट प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!