शुक्रबार, आषाढ ०५, २०७७ || 629  पटक पढिएको

बैतडी, असार ५ गते । दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टाइनमा नै बस्नुभएको छ ।

भारतको दिल्लीमा काम गर्दै आएका उहाँ चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टाइनमा बसिरहनुभएको छ । उहाँका बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उहाँले क्वारेन्टाइनमै किरिया शुरु गर्नुभएको हो । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उहाँ दोगडाकेदार पुग्नुभएको थियो ।

क्वारेन्टाइनमा किरिया बस्न बाध्य भएको उहाँले गुनासो गर्नुभयो । घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भए पनि घर पठाउन नमानेको स्थानीयवासी केशव भट्टले जानकारी दिनुभयो ।

भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने निर्देशनअनुसार नै उहाँलाई क्वारेन्टाइनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनुभयोे । लीलाधरको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उहाँले बताउनुभयो । यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका–७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुबाको किरिया क्वारेन्टाइनमा बस्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!