शुक्रबार, आषाढ ०५, २०७७ || 743  पटक पढिएको

बलिउड फिल्म निर्देशक करण जौहरले आफ्नो ट्विटरबाट थुप्रै चलचित्रकर्मीको अकाउन्ट ‘अनफलो’ गरेका छन्। बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापछि थुप्रै टिका-टिप्पणीहरु सार्वजनिक भइरहेका छन्, जसमा करण पनि मुछिएका छन्। बलिउडमा सुशान्तजस्ता बाहिरबाट आएका कलाकारलाई स्थान नदिएको भन्दै करणको खुबै आलोचना भइरहेको छ।

यति मात्र होइन, बिहार अदालतमा एक वकिलले करणसहित आठ जनालाई ‘सुशान्तको मृत्युको कारण’ भन्दै फौजदारी मुद्दा पनि हालिसकेका छन्। सुशान्तको मृत्युपछि सामाजिक सञ्जालमा सबभन्दा धेरै आलोचित हुनेमा करण पनि एक हुन्। यसकै प्रतिक्रिया स्वरूप उनलाई सामाजिक सञ्जालमा पछ्याउनेहरूले धमाधम अनफलो गरेका पनि थिए। भारतीय सञ्चारमाध्यमहरूका अनुसार यसबीच उनका एक लाखभन्दा बढी फलोअर कम भइसकेका छन्।

अहिले आएर करणले पनि आफूले ट्विटरमा फलो गर्ने धेरैलाई अनफलो गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ। अहिले करणको ट्विटर अकाउन्टबाट जम्मा आठ वटा अकाउन्ट पछ्याइएको छ, जसमध्य तीन अभिनय क्षेत्रमा कलाकार छन्। ती तीन अकाउन्ट अमिताभ बच्चन, शाहरुख खान र अक्षय कुमारका हुन्।

यी तीन अभिनेताबाहेक करणले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अकाउन्ट फलो गरेका छन्। बाँकी तीन अकाउन्ट उनकै धर्मा प्रोडक्सन हाउसका छन् भने एक जना अपूर्व मेहता छन् जो धर्मा प्रोडक्सनकै सिइओ हुन्।

करण जौहर शाहरुख खानसँग व्यावसायिक रुपमा मात्र नभई व्यक्तिगत हिसाबमा पनि नजिक छन्। अक्षय कुमारसँग उनकी पत्नी ट्वींकल खन्नाका कारण नजिकिएका थिए भने अमिताभ बच्चन बलिउडका दिग्गज अभिनेता रहेका कारण पछ्याइएको भन्ने अनुमान छ।

उनले पहिले फलो गरेका बाँकी सबै एकाउन्ट अनफलो गरेका छन्। यतिसम्मकी उनले आफ्ना मिल्ने साथी आलिया भट्ट र ट्विंकल खन्नालाई समेत फलो गरेका छैनन्। करणले आइतबार सुशान्तको मृत्यु खबर आएसँगै इस्टाग्राममा आफ्नो र सुशान्तको फोटो पोष्ट गरेका थिए। उक्त फोटोसँगै आफू सुशान्तसँग लामो समय सम्पर्कमा नरहेकोमा दोषी बताएका थिए।

करणको पोष्टलाई केही आलोचकहरूले ‘ढोंग रचाएको’ भन्दै चर्को आलोचना गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!