शुक्रबार, आषाढ ०५, २०७७ || 709  पटक पढिएको

म्याग्दीको बेनी अस्पतालको सुविधा विस्तारका लागि पूर्वाधार थप थालिएको छ । सुविधा विस्तारका लागि यस वर्ष रु पाँच करोडभन्दा बढी लागतमा उपकरण खरिद र पूर्वाधार निर्माणको काम भइरहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

खरिद प्रक्रियामा रहेका उपकरण जडान र शुरु भएका पूर्वाधार सकिएपछि बेनी अस्पतालको उपचार सेवामा सहजता हुनका साथै सर्वसाधारणलाई सुविधा पुग्ने समितिका अध्यक्ष अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा विसं २०७२ मा १५ बाट ५० श्यया क्षमतामा स्तरोन्नति भएको अस्पतालमा पूर्वाधार र उपकरण थप गर्न लागिएको हो । स्तरोन्नतिलगत्तै शुरु भएको ५० श्यया क्षमताको अस्पताल भवन निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।

मिर्गौला रोगबाट पीडित बिरामीका लागि नियमित डायलासिस सेवा शुरु गर्न प्रदेश सरकारको रु ३५ लाख सहयोगमा हेमोडायलाइसिस युनिट स्थापना भइसकेको छ । गत फागुनमै तयार पारिएको डायलाइसिसका पूर्वाधार कोरोनाको जोखिम र लकडाउनका कारण शुरु गर्न सकिएको छैन ।

भेन्टिलेटिरसहितको सघन उपचार कक्ष (आइसीयु), उपचारमा प्रयोग हुने औजार, अक्सिजन प्लान्ट, मर्चरी प्लान्ट, फोहोर व्यवस्थापन भवन र केन्द्र, स्टोर भवन र गाडी खरिद गर्न लागेको समितिका अध्यक्ष कटुवालले जानकारी दिनुभयो । पाँच श्यया क्षमताको भेन्टिलेटरसहितको सघन उपचार कक्ष स्थापनाका लागि उपकरण खरिद तथा पूर्वाधार तयार पार्न रु एक करोड ६९ लाख लागत अनुमानको बोलपत्र मूल्याङ्कनको क्रममा छ । रु ५० लाख बराबरको औजार उपकरण खरिदको प्रक्रियामा छ ।

रु ७५ लाख विनियोजन भएको अक्सिजन पलान्ट खरिद प्रक्रियामा छ । शव नसड्ने गरी राख्नका लागि दुई व्यक्ति क्षमताको मर्चरी च्याम्बर स्थापना गर्न लागिएको छ । यसका लागि रु आठ लाख बजेट प्राप्त भएको छ । अस्पतालमा उत्पादन हुने मेडिकलजन्य फोहोरको व्यवस्थापनको उपकरण खरिद गर्न रु २५ लाख बजेट प्राप्त भएर प्रक्रिया शुरु भएको छ । फोहोर व्यवस्थापन गर्ने भवन बनाउन रु १५ लाखको भवन बनाउन लागिएको छ ।

भण्डारण भवन बनाउनका लागि रु १६ लाखको ठेक्का प्रक्रियाबाट काम शुरु भएको छ । गाडी खरिदका लागि प्रदेश सरकारले रु ४५ लाखको बजेटबाट प्रक्रियामा रहेको छ । अस्पतालको नयाँ भवन निर्माणलाई पूर्णता दिनुका साथै सिटिस्क्यान र थाइराइड परीक्षण, इको मेशिन, एमआरआइलगायतका सुविधा थपका लागि पहल गरिएको अध्यक्ष कटुवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!