शुक्रबार, आषाढ ०५, २०७७ || 1223  पटक पढिएको

पुकार सुनी आमाको
उठौ युवा अब हामी
रगत बगाउन छाडौ अब
पवित्र पारौँ आमालाई

हृदय जल्छ आमाको
जब रगत बग्छ सन्तानको
आँशु बग्छ आमाको
हेर्छिन् जब भाइ-भाइ लडेको ।

आमाको त्यो मायालु आँचलमा
दाग नलगाऊ रगत बगाई
आमाको आँशु पोछ्नु पर्छ अब
आमाका सन्तान सब एक भई ।

दाजु भाइको नाता तोडी
युद्ध नगरौँ हामी कर्तव्य भुली
आमाको रक्षा गर्ने हाम्रो कर्तव्य
अगाडि बढौँ हामी यही सम्झी ।

आमा खुशी हुन्छिन् तब
हातेमालो गरी हिड्छौँ जब
आमालाई शान्ति मिल्छ तब
हाम्रो उन्नति विकास हुन्छ जब ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!