पशुपतिमा सुनको गजुर,मौनतामा,नेपालकी छोरी,परदेशीको तिहार जस्ता थुपै म्यूजिक भिडियोहरु नेपाली साँगेतिक बजारमा ल्याएको डि फोर क्रियशनले वेवी शावर नामक शुभकामना गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
परदेशमा रहेर नेपाली गीत रचनामा सक्रिय गीतकार दुर्गा खनाल घिमिरेले रचना गरेकोे वेवि शावर सम्भवत पहिलो नेपाली गीत नै हुन सक्छ जुन गीतलाई डि फोर युटुब्ब च्यानल मार्फत बिहिबार सार्वजनिक गरिएको छ । गायक प्रताप दास र मिलन नेवार अमात्यको श्वरमा रहेको गितमा आयुश रिजाल,अन्जली अधिकारी,रश्मी भट्ट ,कमल कान्त मैनाली लगायतको अभिनय हेर्न सकिन्छ ।
अहिले नेपालीहरू संसारभर पुगेका छन् परीवारमा जव नयाँ बच्चा जन्मदैछ भन्ने थाहा पाउने वित्तिकै नेपाली परम्परा अनुसार दहि चिउरा खुवाउने गरिन्छ तर पश्चिमी मुलुकमा गरिने बेबी शावर गरि मनाउँछन । जहाँ गीत संगितमा रमाउने गरिन्छ । तर नेपाली संगितमा अहिले सम्म बेबी शावरलाई नै लक्षित गरेर कुनै गीत नभएको थाहा पाएपछि गितकार दुर्गा खलाल धिमिरेले यो गीत तयार पारेको बताईन् ।
गीतको म्युजिक एरेज र कम्पोज हेम लामाले गरेका छन भने मिक्सिगं मास्टरिगं विवेक शाक्यले गरेका हुन । गीतको प्रोडक्सन मेनेजर शम्भु श्रेष्ठ, मेकअप माही सिंह रहेका छन् । गीतको सिनेमाटोग्राफी ज्ञानेन्द्र शर्मा,ईडिट र कलर नविन निरौला, सहायक निर्देशक सुवोल थापा रहका छन । म्युजिक भिडियोको निर्देशन गम्भिर विष्ठले गरेका हुन ।
भिडियोमा विदेशमा वस्ने नेपाली लाई आफ्नो देशको बैवाहिक परम्परा कस्तो रहेछ भन्ने देख्न पाउँछन् भन गीतको भिडियोमा विवाहमा परिवारको मुल्य मान्यता लाई जोड दिदै माईतिको आगनमा नाच्ने खेल्ने गरेको अवस्था देखि पराईघर जादै गर्दाको र गर्भवती भएर नयाँ बच्चालाई स्वागत गर्न वेला सम्मको अवस्थालाई गीतको म्यूजिक भिडीयोमा समेटिएको निर्देशक गम्भिर बिष्टले बताए । आफुले म्युजिक तयार गरेको वेवी शावर गीत सम्भवत नेपालको पहिलो गीत भएको र आफुले यो गीतमा संगीत भर्न पाउदा खुशी लागेको वताउछन् म्युजिसियन हेम लामा । गीतले पारिवारीक उत्सवलाई अझ रमाईलो र उल्लासमय बनाउने अपेक्षा गरेको गीतकार दुर्गा खनाल घिमिरेले बताईन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!