शुक्रबार, आषाढ ०५, २०७७ || 1182  पटक पढिएको

कोरो’ना भाइ’रस व्यक्तिबाट व्यक्तिमा सर्ने गर्छ । कुनै संक्र’मित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा उनीहरूको शरीरबाट निस्कने कफ वा ओसिला छिटाहरूमा भाइरसहरू हुन्छन् । नजिकै रहेको स्वस्थ्य व्यक्तिले सास फेर्दा ती भा’इरसयुक्त छिटाहरू शरीरभित्र जाने सम्भावना हुन्छ । भाइ’रस रहेको सतह वा बस्तु छोएको हातले मुख, नाक वा आँखा छोएमा पनि संक्र’मण फैलिन्छ । को’रोना भा’इरस बिभिन्न स्थान तथा सामाग्रीहरूमा घण्टौँसम्म जीवित रहने बिज्ञहरू बताउछन् । भा’इरस कति समयसम्म जीवित रहन्छ भन्ने ती बस्तु वा सतहको माथिल्लो भाग कुन सामग्रीले बनेको छ भन्ने कुराले निर्धारण गर्छ । नोवेल कोरो’ना भा’इरस नयाँ भएकाले यसका बारेमा धेरै कुरा अनुसन्धान हुनै बाँकी छ । तरपनि दैनिक रुपमा छुने विभिन्न बस्तुमा कति समय जीवित रहन्छ भन्ने बिषयमा बिज्ञहरूले यस्तो तथ्य प्रस्तुत गरेका छन् ।

मेटल (धातु) : ढोकाको ह्याण्डल, गहना, चाँदीका भाँडामा आयु पाँच दिनसम्म रहन्छ ।
काठ : फर्निचर, सजावटका सामग्रीमा आयु चार दिनसम्म रहन्छ ।
प्लास्टिक : बसका सिट, एलिभेटरको बटन, प्लाष्टिक झोला, प्लास्टिक बोटलमा भा’इरसको आयु दुईदेखि तीन दिनसम्म रहन्छ ।

स्टीनलेस स्टिल : रेफ्रिजिरेटर, भाँडा, किचन बेसिनमा आयुः दुईदेखि तीन दिनसम्म रहन्छ ।
कार्डबोर्ड : सिपिङ्ग बक्समा भाइरसको आयुः २४ घण्टासम्म रहन्छ ।
कप्पर (तामा) : तामाका भाँडा, पूजा सामान, पानी खाने जगमा आयुः चार घण्टासम्म रहन्छ ।

आल्मुनियम : आल्मुनियमका सामानमा आयु दुईदेखि ८ घण्टासम्म रहन्छ ।
सिसा : गिलास, बोटल, कचौरा, मगमा आयुः पाँच दिनसम्म रहन्छ ।
सेरामिक (माटोका सामग्री) : प्लेट, मग, कचौरा, गमलामा आयु पाँच दिन रहन्छ ।

कागज : कागजमा कोरोना भा’इरसका केही प्रजाति केही मिनेट मात्रै जीवित रहन्छन् भने केही भने पाँच दिनसम्म जीवित रहन्छन् ।
खाना : कोरोना अहिलेसम्म खानामा पाइएको छैन । तर कुनै पनि फलफूल खानु पूर्व वा तरकारी पकाउनु पूर्व राम्रोसँग पखाल्नु उपयुक्त हुन्छ ।
पानीमा भने कोरोना भाइर’स पिउने पानीमा पाइँदैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!