खबर ठुलो छ

विश्वमै सफल मानिएको बलिउड उद्योगमा अभिनेता र अभिनेत्रीहरु पनि उत्तिकै प्रतिभाशाली छन् । उत्कृष्ट अभिनय शैलीका कारण समय समयमा संसारभरीनै तारिफ बटुलिरहेका हुन्छन् भारतीय कलाकारहरु । सुन्दरता र अभिनय क्षमताका कारण बलिउड अभिनेत्रीहरु सबैको नजरमा योग्य छन् तर बलिउडमा नै यस्ता केही अभिनेत्री छन् जो बोल्ड तस्बिर र भिडियोको कारण मात्र टिक्न सकिरहेका छन् । जोसँग अभिनय क्षमता भन्दा पनि पर्दामा देखिने उनीहरुको बोल्ड सीनका कारण मात्रै फिल्म चलिरहेको छ ।

हेर्नुहाेस् काे काे हुन् त अं’ग प्रदशर्न गरेर चर्चामा अाएकाः

ईशा गुप्ता– सामाजिक सञ्जालमा बोल्ड तस्बिरकै कारण प्रायः चर्चामा आइरहने अभिनेत्री हुन् ईशा गुप्ता । उनले पहिलो फिल्ममा दिएको ‘हट’ सीनका कारण उनका पछिल्ला सालीन पात्रको रुपमा गरेको अभिनयलाई पनि दर्शकले स्वीकार गरेनन् । अहिले उनी बोल्ड फोटोशुटमै लिप्त छिन् ।

उर्वशी रौतेला– सुन्दरताको विषयमा कोही भन्दा कम छैनन् उर्वशी रौतेला । सनी देओलसँग फिल्म ‘सिंह साहब दी ग्रेट’ बाट बलिउडमा डेब्यु गरेकी रौतेलाका पछिल्ला फिल्महरु परिवारसँग बसेर हेर्न सकिदैन । फिल्म ‘हेट स्टोरी– ४’ मा उनले दिएको दृश्यमा ‘बोल्डनेस’ को सीमा नाघेको छ ।

सनी लियोन- बलिउडमा प्रवेश गर्नुअघि ‘पोर्न स्टार’ रहेकी उनको परिचय नै खराब थियो । उनलाई आइटम गीतमा धेरै काम गराइयो र मुख्य भूमिकामा कम । उनलाई बलिउडमा फिल्म चलाउनकै लागि मात्र प्रयोग गरिएको छ ।

जरीन खान– बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘वीर’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी खानको उक्त फिल्म निकै चर्चित भयो । जुन फिल्म पारिवारिक फिल्म थियो । तर त्यसपछि उनले गरेका कुनै पनि फिल्म पारिवारिक रहेनन् ।

अमीषा पटेल- करियरको सुरुवातमा उनका फिल्महरु सफल भए । उनी पनि सफल अभिनेत्रीको रुपमा परिचित भइन् । तर विस्तारै फिल्म चल्न छोडेपछि उनले अंग प्रदर्शनको साहारा लिइन् तर उनलाई त्यो उपायले पनि साथ दिन सकेन

 

बिहिबार, आषाढ ०४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया