बिहिबार, आषाढ ०४, २०७७ || 817  पटक पढिएको

चीनले भारतसँग जोडिएको सीमा क्षेत्र लद्दाखमा स्थिति नियन्त्रणमा रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयले बिहीबार सीमा क्षेत्रको पछिल्लो अवस्था स्थिर र नियन्त्रणमा रहेको जानकारी दिएको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘चीन र भारत दुवै पक्ष सकेसम्म चाँडो परिस्थितिलाई नियन्त्रणमा लिन र शान्ति स्थापनाका लागि तयार छन् ।’

चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले अग्रभागमा रहेका भारतीय सेनाहरुले सम्झौता भंग गरेको आरोप लगाएकी छिन् । उनले भनिन्– ‘भारतका अग्रभागमा रहेका सेनाहरुले सम्झौता भंग गरेर वास्तविक नियन्त्रण रेखा पार गरेर आएपछि झडप भएको हो । सो क्रममा उनीहरुले चिनियाँ सैनिक र अधिकारीहरुलाई जानाजानी हमला गरेका छन् ।’ चुनियाङले भनेकी छिन्– ‘भारतले वर्तमान परिस्थितिलाई गलत अर्थ लगाउनुहुदैन र चीनको क्षेत्रीय सार्वभौमिकताको रक्षा गर्ने इच्छालाई कमजोर पार्नु हुँदैन ।’

चिनियाँ विदेशमन्त्रालयले वुधबार पनि चीनले आफ्नो तर्फबाट गल्ती नभएको प्रष्ट्याएको थियो । मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका थिए– ‘गलवान उपत्यकाको सार्वभौमिकता सँधै चीनसँग छ । भारतीय सेनाले प्रोटोकल र हाम्रो सैन्य कमाण्डरस्तरको वार्ता उल्लंघन गर्न पुगेको छ ।’ उनले चीनले द्वन्द्रव निम्त्याउन नचाहेको स्पष्ट पार्दै दुवै देशबीच कुटनीतिक र सैनिक तहमा वार्ता भैरहेको जानकारी दिएका थिए भन्दै बीबीसीले जनाएको छ ।

केही दिनअघि लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच भएको झडपमा परेर २० भारतीय सैनिकको ज्यान गएको थियो । त्यसयता सो क्षेत्रको स्थिति तनावपूर्ण रहँदै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सैनिकको बलिदान खेर जनाने चेतावनी दिइरहेका छन् । झडपमा चिनियाँ पक्षका कति सैनिक हताहत भए भन्ने समाचार बाहिर आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!