बिहिबार, आषाढ ०४, २०७७ || 628  पटक पढिएको

कोरोना सङ्क्रमित फेला परेपछि लमजुङको एक होटललाई सिल गरिएको छ । कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनले बास बसेको लमजुङस्थित बेँसीशहर नगरपालिका–७ स्थित पुष्पाञ्जली होटल एण्ड रेष्टुरेन्टलाई आज सिल गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

कोरोना सङ्क्रमित ती कर्मचारी गत जेठ २० गते घरबाट छोरासँग बाइकमा उक्त होटलसम्म आएको र छोरा भने फर्किएका थिए । सो होटलमा एक दिन बास बसेर मनाङ गएकामा कोरोना पुष्टि भएपछि यहाँका आसपासका स्थानीयवासी त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!