प्रधानमन्त्री केपी शर्माओलीले कोरोना संक्रमणले शारीरिक मात्र नभई मानसिक विरामीको समस्या पनि थपिको बताएका छन् । बिहिबार राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाले ल्याएको त्रासका कारण मानिसहरु डिप्रेशनमा जाने गरेको बताए ।

प्रधानमन्त्री ओलीले भने– ‘डिप्रेशनका अनेक लक्षण हुन्छन्, एउटा लक्षण हो मरुँ मरुँ लाग्ने । त्यो डिप्रेशनको लक्षणबाट मानिसहरुले आत्महत्या गर्छन् । सद्धे मान्छेले आत्महत्या गर्न सक्दैन । जबसम्म मान्छे डिप्रेशनमा गएको छैन, सद्धे छ, ज्यानको माया लाग्छ, तबसम्म आत्महत्या गर्न सक्दैन् । जैविक प्रवृत्तिमध्ये सबैभन्दा पहिलो हो जीवनरक्षा । मानवमात्रै हैन जुनसुकै जीव, जुनसुकै किट, हरेकले बाँच्न खोज्छ । कहिलेकाही हामी उपियाँ देख्छौँ, यसो औलाले थिच्न खोज्नुस् उफ्रिहाल्छ त्यो बाँच्नका लागि । म बाहिर खाना खाँदा बरण्डामा खाना खान्छु । त्यो बेला काग लडाई गर्न आउँछ । मलाई पनि भोक लागेको छ । आफू मात्र खाना खाने, ल्याउ मलाई पनि खाना भन्दै आउँछ । मैले खाना दिन्छु, जबसम्म उ सुरक्षित भएको महसुस गर्दैन तबसम्म खाना खाँदैन । उसले बिचार गर्छ यो ज्यान खतरामा राखेर खाना खान्न । अलि पर राखेपछि मात्र सुरक्षित महसुस भएपछि खाना खान्छ ।’

उनले हरेक जैविक प्राणी बाँच्न चाहने भन्दै अझ मान्छे त झन् मर्न नचाहने र मान्छेले पीडाले आत्महत्या ग¥यो भनेपनि पहिले नै पीडाले उसलाई आत्महत्यासम्म लैजाने गरेको प्रधानमन्त्री ओलीले बताए । यस्तो बेलामा मनोबैज्ञानिक ढंगले उपचार गर्न जरुरी भएको उनले बताए । उनले मान्छेलाई आतंकित हुनेगरी नभई सतर्क हुनेगरी कुरा गर्नुपर्ने बताए । यसका लागि कोरोनाबाट आतंकित हुनेभन्दा पनि सर्तक बस्न सुझाव दिए ।

प्रधानमन्त्री ओलीले आतंकले डिप्रेशनमा लाने बताउँदै कोरोनाको समयमा भएको हिंसाले पनि डिप्रेशनमा गएर आत्महत्या भएको हुन सक्ने उल्लेख गरे । लकडाउका कारण, कोरोना संक्रमणका कारण होस् वा अन्य कारणबाट भएको डिप्रेशनप्रति सरकार सचेत रहेको बताउँदै सामाजिक काउन्सिलिङ गर्ने कुरा, कोरोनाबाट सजकता अपनाउने बारेमा सरकारले काम गरिरहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!