बिहिबार, आषाढ ०४, २०७७ || 537  पटक पढिएको

स्वतन्त्र मधेसको मुद्दा अघि सारेर मुलुक विभाजन गर्ने अभिव्यक्ति दिएको आरोपमा सर्वोच्च अदालतमा दायर मुद्दामासिके राउतले सफाई पाएका छन् । हाल जनमत पार्टीका संयोजक रहेका राउतले केही बर्षअघि मुलुकबाट मधेश अलग बनाउने अभिव्यक्ति दिएका थिए । सर्वाेच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मीराकुमारी खड्काको इजलासले डा. राउतसहित १६ जनालाई सफाइ दिएको हो । यसअघि राउतलाई विशेष अदालतले पनि सफाइ दिइसकेको थियो । देश विभाजनको अभिव्यक्ति दिएको भन्दै डा. राउतसँगै १३ जना विरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो ।विशेष अदालतको फैसला त्रुटीपूर्ण भन्दै सरकारले सर्वोच्चमा पुनरावेदन गरेको मुद्दाको सुनुवाई बुधबार भएको हो ।यो फैसलासँगै डा. राउत अब खुला रुपमा हिँडडुल गर्न पाउने भएका छन् ।२०७५ फागुन २४ गते सरकारले डा. राउतसँगसम्झौता गरेको थियो । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र डा. राउत नेतृत्वको तत्कालिन स्वतन्त्र तराई मधेस गठबन्धनबीच सम्झौता भएको थियो । सो सम्झौतासँगै डा. राउत मूलधारको राजनीतिमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!