बिहिबार, आषाढ ०४, २०७७ || 1081  पटक पढिएको

कोभिड–१९ को विश्वव्यापी प्रकोपले विश्व अर्थतन्त्रलाई अकल्पनीय रुपमा पछाडि पारेको सन्दर्भमा नेपाल त्यसबाट अछुतो हुने कुरा त भएन नै ।

तर, नेपालका केही दर्दनाक चित्र पेश भएका छन्, प्रेस काउन्सिल नेपालले सरोकारवालाहरुसँग हिजो मङ्गलवार गरेको एक छलफलमा ।
अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्यालका अनुसार, असारको अन्तिमसम्म थुप्रै पत्रकारको करारको म्याद सकिँदैछ र बेरोजगार पत्रकारको संख्या अकल्पनीय रुपमा थपिँदैछ ।

कतिपय मिडिया हाउसले कोरोनाकै नाममा पत्रकारलाई कामबाट निकाल्न लागेको अवस्था छ ।

सूचना तथा प्रशारण विभागलाई असार मसान्तभित्र अद्यावधिक गराइने पत्रकार दरबन्दी विवरणमार्फत करार नवीकरण नभएको जनाऊ दिने तयारी पनि चल्दैछ ।

अहिले पनि ठूलै भनिएका मिडिया हाउसले आधा पत्रकारलाई मात्र तलब दिएका छन् ।

कतिपय मिडिया हाउसले तलब नियमित दिएको नाममा १० देखि २० प्रतिशत दिएर औपचारिकता पूरा गरेका छन् । र, कतिपयलाई काममा नआउन भनिएको छ ।

यसरी बढी तलब दिनुपर्ने पत्रकारलाई कटौती र कम तलबमा काम गर्नेहरु राख्ने चालबाजी शुरु भएको हो । पछिल्लो समय कान्तिपुर र अन्नपूर्ण पोष्ट्ले राम्रैसङ्ग पत्रकार कटौती गरेका छन् ।

त्यसमाथि एउटै मान्छेले मिडिया चलाउँछ भन्ने उदाहरण दिन थालिएको छ,एभेन्युजलाई सुशील पाण्डे एक्लैले धानेको देखाएर ।

रेडियोको रोदन

सामुदायिक रेडियो प्रशारक संघ (अकोर्याब) का अध्यक्ष सुवास खतिवडाले रेडियोहरु बन्द गर्नुपर्ने स्थिति आउन थालेको सुनाए ।

देशभर सञ्चालनमा रहेका ३ सय २० सामुदायिक रेडियोहरु सरदर मासिक १ लाख ४५ हजार आम्दानी गर्थे । तर,अहिले आम्दानी घटेर ४० हजार पुगेको छ ।

विज्ञापन एजेन्सी संघका प्रथम उपाध्यक्ष नारायण श्रेष्ठका अनुसार सूचीकृत करिव ३ सय २० एजेन्सीहरु संकटमा परेका छन् । उत्पादनमूलक उद्योगले आफ्नो व्यवसाय प्रवद्र्धनका निम्ति गर्ने पहिलो काम हो, विज्ञान दिने ।

तर, लकडाउनको तीन महिनामा बिज्ञापन एजेन्सीहरुको आयमा ४ अर्बले घाटा लागेको छ । यिनीहरुले कहाँबाट पैसा ल्याएर मिडियालाई भुक्तानी दिने भन्दैछन् !

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!