शुक्रबार, पौष १८, २०७६ || 1085  पटक पढिएको

हिपमत डटकम
उदयपुर, पौष १८ :उदयपुरको कटारी नगरपालिका(६ चुहाडेबाट नियन्त्रीत लागुऔषध गाँजाको कारोवार गर्ने २ जनालाई पक्राउ गरिएको छ । घरमै भण्डारण गरी गाँजाको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका(६ का ४१ बर्षीय गेहेन्द्र भन्ने गंगा राईको घरमा खानतलासी गर्दा निजको घरमा लुकाई छिपाई राखेको २ केजी र देव कुमार राईको कोठाबाट १०० ग्राम गाँजा बरामद भएको थियो । यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका(११ का १७ बर्षीय सन्देश राउत र त्रियुगा नगरपालिका(१० का १७ बर्षीय सुजन राउतलाई २५० ग्राम नियन्त्रीत लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । गाँजा सहित पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा कानूनी कारवाही प्रकृया अगाढी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!