बलिउड अभिनेत्री श्रद्धा कपुर व्याइफ्रेण्ड रोहनका साथ घुम्न निस्किएको तस्विर सामाजिक संजालमा भाइरल बनेको छ ।

भारतमा पनि को रोनाको अ सरसँगै लकडाउनलाई कायमै छ । यही बेलामा गत हप्ता श्रद्धा र उनको व्याइफेन्ड्र रोहन स्कुटीमा घुमेको फोटोहरु इन्टरनेटमा भाइरल बनेका हुन्।

बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली युवक रोहनसँग बिहे गर्ने हल्ला लामो समयदेखि चर्चामा छ ।तर उनीहरुले आधिकारिक रुपमा यसबारे केहिपनि बताएका भने छैनन् । अहिले उनीहरु सँगै देखिएपछि फेरि यस्ले चर्चा पाएको छ ।

श्रद्धाका बुबा शक्त्ति कपुरले भने उनको विवाहको कुरा हल्ला मात्र भएको बताउँदै आएका छन् । रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । बलिउड बबलका अनुसार श्रद्धा लामो समयदेखि रोहनसँग डे ट गरिरहेकी छिन् ।

३४ वर्षे रोहनको मूलघर काठमाडौं हो । उनका बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मि एका हुन् । फोटोग्राफीमा रुची राख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भए ।

रोहनको जन्म भारतको मुम्बईमा भएको हो । उनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए । उनले बुवाको पेशालाई पछ्याउँदै आफू पनि यही क्षेत्रमा स्थापित भए ।

रोहनले फिल्मफेयर, इन्डिया जिक्यू, फेमिना, कस्मोपोलिटन, पिपल आदिका कभर फोटोसुट गरिसकेका छन् । उनले बलिउडका शीर्ष कलाकारको फोटोसुट पनि गरिरहन्छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!