शुक्रबार, पौष १८, २०७६

हिपमत डटकम
सुनसरी, पौष १८ :सुनसरीको ईटहरी उप(महानगरपालिका(८ कदम टोलबाट पेस्तोल र गोली सहित २ जनालाई पक्राउ गरिएको छ । अबैध हातहतियारको ओसार पसार भईरहेको भन्ने सूचना पाए संगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले बिहिवार अपरान्ह ५ बजे हतियार सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङको सुन्दर हरैचा नगरपालिका( ४ का ३३ बर्षीय जागिर खान र सुनसरीको हरीनगरा गाउँपालिका(७ का ४७ बर्षीय जमिल अंसारी रहेका छन् । को ९ प ७४८६ नम्बरको मोटरसाईकलमा सवार रहेका दुवैजनालाई नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा निजहरुको साथबाट म्यागजिन सहितको १ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली बरामद भएको थियो । हतियार र गोली सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया