भारत र चीनबीच अहिले गलवान उपत्यकामा सीमा क्षेत्रमा विवाद चर्किरहेको छ । एक कर्नेलसहित २० भारतीय सैनिकले ज्यान गुमाइसकेका छन् । भारतीय सञ्चारमाध्यमको दाबी पत्याउने हो भने चीनका ४० सैनिकले ज्यान गुमाइसकेका छन् । तर चीनले आफ्ना सैनिकको मृत्युबारे केही बोलेको छैन । आखिर चीन किन मौन छ ?

यस प्रश्नको जवाफ चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका प्रधान सम्पादक हु सीजिनले दिएका छन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘मलाई थाहा भएअनुसार गलवान उपत्यकामा भएको मुडभेडमा चिनियाँ सैनिकले पनि ज्यान गुमाएका छन् । म भारतीय पक्षलाई भन्न चाहन्छु, उत्तेजक नहुनुस् र चीनको संयमतालाई कमजोरका रुपमा गलत नबुझ्नुस् । भारतसँग द्वन्द्व गर्न चाहिन चाहँदैन, तर हामीलाई यसको डर छैन ।’

उनले अर्को ट्वीटमा मृतक सैनिकको संख्या सार्वजनिक नगर्नुको कारण पनि खोलेका छन् । उनले लेखेका छन्, ‘चिनियाँ पक्षले भारतीय सैनिकसँगको झडपमा मारिएका पिएलएको संख्या सार्वजनिक गरेन । मेरो बुझाइमा चिनियाँ पक्ष दुई देशका जनता मृतक सैनिकको तुलना गरुन् भन्ने चाहँदैन । जनताको मुड आक्रामक बनाउनबाट रोक्न चाहन्छ । यो बेइजिङको सद्भाव हो ।’

उनले सैनिकको ज्यान जानु दुःखद् रहेको बताएका छन् । अर्को एक ट्वीटमा लेखेका छन्, ‘मजस्ता चिनियाँ नागरिक पक्कै पनि यो सुन्न चाहन्नन् । चिनियाँ र भारतीय नागरिक दुबैको ज्यान अमूल्य छ । ती युवा सैनिकहरुलाई डरलाग्दो झडपका लागि धकेल्ने भारतको राजनीतिक दस्ता उनीहरुको मृत्युमा जिम्मेवार छ । भारतले सीमामा जोखिम लिने काम बन्द गर्नैपर्छ ।’

त्यस्तै, समयमै उद्धार नहुँदा १७ जना भारतीय घाइते सैनिकको ज्यान गएको उनको दाबी छ । ‘समयमै उद्धारको कमी हुँदा १७ जना भारतीय सैनिकले ज्यान गुमाएको भनिएको छ, यसले घाइतेलाई आपतकालीन उपचार भारतीय सैनिक कमजोर रहेको दर्शाउँछ । यो उच्च पहाडका लागि आधुनिक हतियारले सज्जित सेना होइन । भारतीय जनविचार शान्त रहनु जरुरी छ,’ उनले ट्वीटरमा लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!