भारत र चीनको विवादित सीमामा ४५ वर्षपछि पहिलो पटक कसैको ज्यान गएको छ ।

पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ र भारतीय सेनाबीचको संघर्षमा भारतीय सेनाका एक अधिकारीसमेत १९ जवानको मृत्यु भएको छ ।

भारतीय सेनाले मंगलबार अबेर राती एक आधिकारिक बयान जारी गर्दै भन्यो, ‘भारत र चीनको सेना गलवान इलाकाबाट पछि हटेको छ । १५÷१६ जूनको राती यहाँ दुई देशका सैनिकबीच झडप भएको थियो । झडप र गतिरोध भएको इलाकामा ड्युटीका क्रममा १७ भारतीय सैनिक गम्भीर रुपमा घाइते भएका थिए । शून्य डिग्रीभन्दा पनि मुनिको तापक्रम र अत्यधिक उचाई भएको यो इलाकामा गम्भीर रुपमा घाइते यी १७ सैनिकको मृत्यु भयो । यहाँ कूल २० भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेना देशको अखण्डता र सम्प्रभुताको रक्षाका लागि प्रतिबद्ध छ ।’

यसअघि भारतीय सेनाले आफ्नो बयानमा एक सैन्य अधिकारी र दुई जवानको मृत्यु भएको बताएको थियो । बयानमा दुई देशका वरिष्ठ सैन्य अधिकारी तनाव कम गर्नका लागि छलफल गरिरहेको बताइएको थियो ।

यता, चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले पिपल्स लिबरेशन आर्मी (पिएलए) को पश्चिमी थिएटर कमान्डका प्रवक्ता चांग शुइलीको बयान पिएलएको आधिकारिक बिबो अकाउन्टमा पोस्ट गरिएको जानकारी दिएको छ । उक्त बयानमा चांगले भारतले निकै कडा रुपमा आफ्नो सैनिक रोक्नुपर्ने र विवाद समाधानका लागि संवादको सही बाटोमा अघि बढ्नुपर्ने बताएका छन् ।

चांगले भनेका छन्, ‘भारतीय सैनिकले आफ्नो बचन उल्लंघन गरेको छ र एकपटक पुनः एलएसी पार गरेका छन् । जानीजानी चिनियाँ बललाई उक्साए र उनीहरुमाथि हमला गरे । जसका कारण दुबै पक्षमा आमने–सामने झडप भयो र यसैकारण हताहतको स्थिती बन्यो । भारत आफ्नो सैनिकलाई रोक्न कडा निर्देशन लागू गरोस् र कुराकानीमार्फत् विवाद सुल्झाओस् भन्ने माग गर्छु ।’

यसअघि भारत–चीन सीमामा सन् १९७५ मा अर्थात् ४५ वर्षअघि कुनै सैनिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!