पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नेगरी बन्दाबन्दीका बीच पनि काम भइरहेको छ ।

सन् २०२१ जुलाई १० भित्र निर्माण सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको चिनियाँ सीएमसी कम्पनीले निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीले छ महिना अगावै अर्थात् सन् २०२० डिसेम्बरसम्म सबै निर्माणको काम सक्ने गरी काम गरिरहे पनि सुरुमा चीनमा कोरोनाको सङ्क्रमण देखिँदा चीनमा गएका कामदार त्यतै रोकिएको र पछि नेपालमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि आयोजना निर्माणमा दोहोरो मार परेको थियो ।

बन्दाबन्दी अगाडिसम्म छ महिना अगावै निर्माणको काम सम्पन्न गर्ने गरी ५५ प्रतिशत काम सकिएको थियो । बन्दाबन्दीकै बीचमा पनि कामदारको स्वास्थ्य सुरक्षा, क्वारेन्टाइन, आवतजावतमा पूर्ण रूपमा रोक लगाएर निर्माणको कामलाई जारी राखिएको आयोजना प्रमुख विनेश मुनकर्मीले बताएका छन् । मुनर्कीका अनुसार बन्दाबन्दीकै समयमा करिब चार प्रतिशत काम सम्पन्न भएको र कुल भौतिक निर्माणको प्रगति ५९ प्रतिशत र वित्तीय प्रगति ४५ प्रतिशत रहेको छ ।

आयोजना स्थलमा २७१ जना चिनियाँ र १०० नेपाली कामदारले निरन्तर काम गरिरहे पनि विमानस्थलका लागि आवश्यक निर्माण सामग्री केही कलकत्ता बन्दरगाह, केही केरुङ नाका र केही चीनमा नै रोकिएकाले जनशक्ति हुँदाहुँदै पनि द्रुत गतिमा काम गर्न नसकिएको मुनकर्मीले बताएका छन् । (गोरखापत्रबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!