हिमपत डटकम , पौष-१८
याँ वर्ष २०२०को उपलक्ष्यमा जनवरी ४ तारिखका दिन जापानको नागोया स्थित लास्सो एभरेस्ट ईन्टरनेशनलको आयोजनामा ‘सरौतो फिल्मी एण्ड म्युजिकल कन्सर्ट’ हुने भएको थियो ।कार्यक्रममा अभिनेता तथा क्याप्टेन विजय लामा, सुमी मोक्तान र समिर तिमिल्सिनाको समेत प्रस्तुति रहने छ । भने , यो कार्यक्रम संगै नेपालमा भब्य रुपमा प्रदर्शन गर्न सफल चलचित्र ‘सरौतो’को जापानको बिभिन्न्न शहरहरुमा प्रदर्शन हुने भएको छ । सुन्दरी नायिका सुमी र क्याप्टेन बिजय लामासंगै चलचित्र हेर्ने अवसर जापानबासी नेपालीहरुले पाउने छन् ,यो अवसरलाई नगुमाउनु हुन कार्यक्रम संयोजक राजिव लामाले अनुरोध गरेका छन ।यसै कार्यक्रममा सहभागी हुन नायिका सुमी मोक्तान जापान आइसकेकी छिन उनलाई गायक एवम उक्त कार्यक्रमका संयोजक राजिव लामा र अन्य व्यक्तिहरुले स्वागत गरेका थिए भने नेपाली फिल्म क्षेत्रका बरिस्ट ब्याक्तित्वहरु पनि उक्त कार्यक्रममा सहभागी रहने छ ।