बुधबार, आषाढ ०३, २०७७ || 593  पटक पढिएको

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण कार्य बन्दाबन्दीमा पनि जारी रहेको छ । बन्दाबन्दीको लामो समयका बीच पनि कर्णाली करिडोरको सडकको कामले निरन्तरता पाउँदै आएको छ ।

स्थानीय कामदार र नेपाली सेनाका २०६ जना गरी ५५६ जना कामदारले हुम्ला खण्डको अदानचुली गाउँपालिकाको गल्फागार्डदेखि सलिसल्लासम्म काम तीव्र रूपमा गरिरहेका छन् । खुलालु, लैफु, कवाडी हुँदै सलिसल्ला सडक निर्माण आयोजनाका योजना प्रमुख मिलन कार्कीका अनुसार करिडोरमा कामदारले पुल निर्माण गर्नेदेखि भीर फुटाउने, विस्फोटन गर्ने र ग्याबिन भर्ने काम भइरहेको छ ।

हाल नेपाली सेनाले निर्माण कार्य अगाडि बढाएको खण्डमा नयाँ कामदार नलिएर बन्दाबन्दी अगाडि काममा प्रयोग हुँदै आएका कामदारलाई नै सामाजिक दूरी कायम गरेर सुरक्षासहितको विधि अपनाएर काम भइरहेको छ । प्राथमिक उपचार विधि, औषधि र कामदारको बिमासमेत गरिएको छ । सर्केगार्ड गाउँपालिकाको तुम्चदेखि सलिसल्ला खण्डको सबै भागमा कामदार खटाएर सडक निर्माण गर्ने काम भइरहेकाले असार मसान्तसम्म प्रारम्भिक ट्रयाक खोल्ने कार्य सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाको रहेको छ । (गोरखापत्रबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!