शुक्रबार, पौष १८, २०७६ || 2006  पटक पढिएको

हिमपत डटकम
मोरङ , पौष-१८:केहि समय अगाडी मात्र सम्पन्न भएको सो हो द भोइस अफ़ नेपाल सिजन-२ जसमा कैयौ प्रतिस्प्रधी भोइसको मैदान मा उत्रिएका थिए भने कोहिले सफलता को सिखर चुम्न पुगे त कोहि आ-आफ्नो पर्फमेन्स दिदा दिदै पनि बाहिरिनु परेको थियो । द भोइसमा देशका विभिन्न ठाउबाट प्रतिस्प्रधामा उत्रिएका थिए भने विभिन्न राउण्ड पार गर्दै आफ्ना पर्फ़र्मेन्स दिदै दर्शक तथा जर्जको मन जित्दै द भोइस अफ नेपालको टप ८ सम्म पुगेकी थीइन ।उक्त सो समाप्त भएको केहि समयको अन्तराल पछि मेचु धिमाल आफ्नो गृह नगर उर्लाबारी आउँदा उनलाई त्यहाका बासिन्दा देखि लिएर विभिन्न व्यक्तित्वहरु दयारा भब्य सम्मान गरिएको छ । मेचुलाई स्थानीय सुनझोडा माध्यमिक विद्यालयले सम्मान पत्रसहित सम्मान गरेको हो । स्थानीयबासीले समेत भब्यताको साथ स्वागत गरेका छन् ।उक्त कार्यक्राममा उपस्थित हुदै मेचुले आफूलाई भोट गरेर सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरिन् । उनलाई स्वागत गर्न उपस्थित भएका ब्यक्तिहरुमाझ विभिन्न गित गाएर मनोरंजन समेत गराएकी थीइन ।विगतका दिनहरुमा घर आउँदा कसैले उनलाई वास्ता गर्दैनन् थिए तर, यस पटक भने उनी घर आउँदा छरछिमेकीहरु फुलमाला लिएर स्वागत गर्नको लागि तम्तयार भएको देखेर उनि हर्सले गद्गद् भएकी थिइन । विभिन्न व्यक्तिहरुको सम्मान र उनि प्रति गरिएको ब्यबहार देखेर मेचु धेरै खुशी देखिन्थिन् । भने धेरै व्यक्तिहरुले अझै धेरै प्रगति गर्दै जानु भनि कामको प्रसंसा सहित सुभकामना समेत दिन भ्याए भने धेरै त उनि संग फोटो खिच्न ब्यस्त थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!