मंगलबार, आषाढ ०२, २०७७ || 480  पटक पढिएको

भारत र चीनबीच सिमामा बढेको तनाव हिंसामा परिणत भएको छ । सोमबार राति दुवै पक्षबीच झडप हुँदा तीनजना भारतीय सैनिकको मृत्यु भएको छ । भारतको सेनाले गलवान उपत्यकामा भएको झडपमा एक अधिकृतसहित तीनजना सैनिकको मृत्यु भएको पुष्टि गरेको छ । उनीहरुको परिचय खुलाइएको छैन ।

भारतीय सञ्चारमाध्यमले सेनाको विज्ञप्ति प्रकाशित गरेका छन् । विज्ञप्तिमा दुवै क्षेत्रमा हताहती भएको उल्लेख छ । भारत र चीनबीच सिमा क्षेत्रमा तनाव बढेपछि सैन्य तहमा वार्ता भइरहँदा घटना भएको हो । झडप भएपछि वार्ता जारी रहने उल्लेख छ ।

भारत र चीनका सैनिकबीचको झडपमा ४५ वर्षपछि हताहती भएको हो । यसअघि सन् १९७५ मा भारतीय सैनिकलाई चिनियाँ सैनिकले अरुणाञ्चल प्रदेशमा एम्बुसमा पार्दा हताहती भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!