मंगलबार, आषाढ ०२, २०७७ || 911  पटक पढिएको

भारतबाट फर्किएर होटलको क्वारेन्टाइनमा बसेका २ जनामा मङगलबार कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जको आदर्शनगरस्थित कन्ट्री इन होटलको क्वारेन्टाइनमा बसेका मध्ये २ जनामा संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कन्ट्री इन होटलको क्वारेन्टाइनमा बसेका वीरगन्ज वडा नम्बर ३ र ४ का २ जना पुरूषको रिपोर्ट पोजिटिभ आएको अस्पतालका मेसु डा.मदनकुमार उपाध्याय पुष्टि गरेका हुन् ।

जेठ २३ गते रक्सौलहुँदै वीरगन्ज आइ पुगेका दुबैजनालाई वीरगन्जको आदर्शनगरमा रहेको कन्ट्री इन होटलमा राखिएको थियो । मङगलबार संक्रमण पुष्टि भएका वीरगन्जर ३ का ३१ वर्षीय पुरूष भारतको नयाँ दिल्लीबाट आएका थिए भने वीरगन्जको वडा नम्बर ४ का २३ वर्षीय पुरूष भारतको बेङ्गलोरबाट आएका थिए ।

संक्रमण पुष्टि भएपछि दुवै संक्रमीतलाई होटलबाट गण्डकस्थित अस्थायी कोरोना अस्पतालको आइसोलेसन वार्डमा लगेर राखिएको मेसु उपाध्यायले जानकारी दिए। कन्ट्री इन होटलमा अब १६ महिला र १७ पुरुष गरी ३३ जना मात्र रहेको होटलका संचालक हरि पन्तले जानकारी दिए ।मङगलबार २ जना संक्रमित थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ सय ५५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

पर्सामा सोमबार पनि ३ जना स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने आइतबार ५ जना स्वास्थ्यकर्मी, १ एम्बुलेन्स चालकसहित १७ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!