मंगलबार, आषाढ ०२, २०७७ || 592  पटक पढिएको

दाङमा मंगलबार थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू सबै घोराहीका हुन्। जसमा ४५ पुरूष र १० महिला रहेका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा मंगलबार ३ देखि ५१ वर्षका संक्रमित फेला परेका हुन्।

घोराही उपमहानगरपालिका वडा नं. ४ मा मात्रै ४७ जना नयाँ संक्रमित थपिएका छन्। जहाँ ३८ पुरूष र ९ जना महिलामा संक्रमण फेला परेको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए।

त्यस्तै, घोराही ११ मा ३ जना पुरूष, १२ मा ४ जना पुरूष र वडा नं. १५ मा १ जना पुरूष संक्रमित फेला परेको घोराहीका स्वास्थ्य शाखा संयोजक नारायण घर्तीले जानकारी दिए। राजपुर गाउँपालिकाको एक जना २५ वर्षीया महिलामा संक्रमण फेला परेको छ।

उनीहरू सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरू हुन्। उनीहरूलाई एउटै बसमा ल्याइएको हुँदा संक्रमण फैलिएको आशंका गरिएको छ। यो संगै दाङमा कुल संक्रमितको संख्या २४३ पुगेको छ। पछिल्लो तीन दिन यता जिल्लामा लगातार दैनिक ५० को हाराहारीमा संक्रमितहरू फेला परेका छन्।

सरकारको निर्णय अनुसार २ सय बढी संक्रमित फेला परेको जिल्लालाई ‘पूर्ण लकडाउन’ गर्ने भन्ने छ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले त्यसबारे बुधबार बिहान बैठक बस्ने जानकारी दिए।

‘हामी २०० बढी संक्रमित फेला परेका जिल्लाको अभ्यास पनि हेर्ने छौैं र केन्द्रको पनि केही सर्कुलेसन आउँला, त्यही अनुरूप अगाडि बढ्ने छौं,’ प्रजिअ रिजालले भने।

घोराहीका एक वडा र दुई स्वास्थ्य कार्यालय सिल

घोराही उपमहानगरपालिकाका एउटा वडा कार्यालय र दुई वटा स्वास्थ्य कार्यालय मंगलबारदेखि सिल गरिएको छ।

घोराही २ को सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सिल गरिएको छ।

त्यस्तै, घोराही ३ र ४ नम्बर वडा कार्यालय पनि सिल गरिएको छ। ती ठाउँका स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि उनीहरूको आवातजावात भएका क्षेत्रहरू सिल गरिएको हो।

अस्पतालका निर्देशकसहित २१ जना होम क्वारेन्टिनमा

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशकसहित २१ जना होम क्वारेन्टिनमा बसेका छन्।

अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरू क्वारेन्टिनमा बसेका हुन्।

प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीका अनुसार ४ जना डाक्टर, ११ जना नर्स र ६ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेका छन्।

अस्पतालको मेडिकल वार्डमा उपचारका क्रममा रहेका बिरामीमा कोरोना संक्रमण देखिएपछि उनीहरूलाई होम क्वारेन्टिनमा राखिएको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!