मंगलबार, आषाढ ०२, २०७७ || 861  पटक पढिएको

सोसल नेटवर्किङ साइट फेसबुकले आफ्नो मेसेन्जर एपका लागि नयाँ फिचरको परीक्षण गरिरहेको छ । उक्त फिचरका कारण मेसेन्जर एप थप सुरक्षित बन्नेछ ।

Engadget काे रिपोर्ट अनुसार उक्त नयाँ फिचर अन्तरगत मेसेन्जरमा एपमा बायोमेट्रिक अथेन्टिकेसन टूल प्राप्त हुनेछ । प्रयोगकर्ताले फेस आईडी तथा फिंगरप्रिन्टका माध्यमबाट त्यसको प्रयोग गर्न सक्नेछन् । स्मरणरहोस्, यो फिचर पहिलेदेखि नै ह्वाट्सएपमा उपलब्ध रहेको छ ।

यो फिचरका सहायताले प्रयोगकर्ताले एपमा ‘लक’को समयतालिका समेत तय गर्न सक्दछन् । जसका लागि ४ वटा अप्सन हुनेछन् । पहिलो विकल्पका रुपमा After I leave messenger रहेको छ । अर्थात् जब प्रयोगकर्ता मेसेन्जर एपबाट बाहिरिन्छन् तब एप आफै लक हुनेछ । यसका अलावा प्रयोगकर्ताका लागि १ मिनेट, १५ मिनेट तथा १ घण्टामा एप लक हुने विकल्प पनि उपलब्ध हुनेछ ।

फेसबुकका एकजना प्रवक्ताका अनुसार मेसेन्जरको उक्त नयाँ फिचर अहिले परीक्षणको चरण्मा रहेको छ र कतिपय आइओएस प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । छिटै नै केही एन्ड्रोइड प्रयोगकर्ताले पनि यो फिचर प्रयोग गर्न पाउनेछन् ।

फेसबुकले पछिल्लो समय आफ्ना प्लाटर्फमहरुमा नयाँ नयाँ फिचर थप गरिरहेको छ । हालैमात्र उसले प्रयोगकर्तालाई साइबर ठगीबाट बचाउनका लागि सेफ्टी नोटिस फिचर ल्याएको थियो । यो फिचरको मद्दतले प्रयोगकर्ताले कुनै पनि शंकास्पद गतिविधिको चेतावनीमूलक सूचना प्राप्त गर्दछन् । साथै यो फिचरले प्रायेगकर्तालाई स्क्याम पहिचान गर्ने सम्बन्धमा समेत जानकारी उपलब्ध गराउँदछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!