राष्ट्रिय सभा सांसदहरुले कोरोना संक्रमित महिलाका लागि छुट्टै क्वारेन्टाइन बनाउन माग गरेका छन् । राष्ट्रिय सभाको शुन्य समयमा बोल्दै सांसद दिल कुमारी थापा रावलले कैलालीको शहिद स्मृति विद्यालयको क्वारेन्टाइनमा भएको सामुहिक बलात्कारको घोर निन्दा गर्दै महिला संक्रमितको लागि छुट्टै क्वारेन्टाइन हुनुपर्ने बताइन् ।

‘कैलाली जिल्लामा शहिद स्मृति विद्यालयको क्वारेन्टाइनमा भएको सामुहिक बलात्कारको घोर निन्दा र भत्र्सना गर्दछु । दोषी माथि कडा भन्दा कडा कारबाहीको माग गर्दछु । महिला संक्रमितको संख्या कम भएकाले जिल्लागत रुपमा छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न र महिला स्वास्थ्यकर्मी र महिला सुरक्षाकर्मीको व्यवस्था गर्न माग गर्दछु,’ उनले भनिन् ।

ad
सांसद प्रकाश पन्थले क्वारेन्टाइनको अवस्था नाजुक भएको भन्दै दोषीलाई कडा सजायको माग गरे ।

‘क्वारेन्टाइनमा समेत बलात्कार भयो । दोषीलाई कारबाही खै सरकार ? कैलाली जिल्लाको एक क्वारेन्टाइनमा भएको घटना अत्यन्तै निन्दनीय छ, यस प्रकारको अपराधमा सामेल जो सकुैलाई कडा भन्दा कडा सजायको गरियोस्,’ सांसद पन्थले भने, ‘मापदण्ड विपरीतका क्वारेन्टाइनलाई व्यवस्थित गरियोस् । सामुहिक बलात्कार हुँदा पनि सरकार अब टुलुटुलु हेरेर बस्छ की केही गर्छ ?’

सांसद महेशकुमार महराले शहिद स्मृति विद्यालयको क्वारेन्टाइनमा सामुहिक बलात्कारको घटनाको दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै महिलाको लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न माग गरेका छन् ।

कैलाली जिल्लाको लम्किचुवा नगरपालिकाका जिल्लाको लम्कीचुहा नगरपालिकाको शहिद स्मृति विद्यालयको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलाले स्वयंसेवककै रुपमा खटिएका तीन जनाले सामुहिक बलात्कार गरेको आरोप लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!