मंगलबार, आषाढ ०२, २०७७ || 1020  पटक पढिएको

नायिका पुजा शर्माले पछिल्लो समय अन्य फिल्महरुमा आफ्ना प्रेमी आकाश श्रेष्ठलाई सिफारिस गरेको खबर बाहिर आएको थियो

नेपाली चर्चित नायिका पुजा शर्मा र निर्देशक सुदर्शन थापाले नयाँ फिल्मको तयारी थालेका छन् । फिल्म ‘म यस्तो गीत गाउँछु’ बाट एकसाथ निर्माणमा होमिएका सुदर्शन–पुजा जोडीले रिल लाईफको लागि नयाँ अनुहारको खोजी गरेको बताईन्छ ।

आफैले निर्माण गर्न लागिएको नयाँ फिल्ममा पुजाले आकाशलाई भने बेवास्ता गरेकी छन्

सुदर्शन थापा, प्रदिप खड्का, पल शाह, आकाश श्रेष्ठ, सोनाम तोप्देनसँग स्क्रिन सेयर गरिसकेकी नायिका पुजा शर्माले पछिल्लो समय अन्य फिल्महरुमा आफ्ना प्रेमी आकाश श्रेष्ठलाई सिफारिस गरेको खबर बाहिर आएको थियो । तर, आफैले निर्माण गर्न लागिएको नयाँ फिल्ममा पुजाले आकाशलाई भने बेवास्ता गरेकी छन् ।

पुजाको रोजाईमा के आकाश नपरेका हुन् त ?

नयाँ अनुहारको खोजी गर्दैगर्दा पुजाको रोजाईमा के आकाश नपरेका हुन् त ? या त्रिकोणात्मक लभस्टोरी फिल्मका लागि तेश्रो अनुहार आवश्यक भएको हो ? त्यो भने उनीहरुले नै जानुन् ।

फिल्मका नायक पल शाहलाई पनि पुजा–सुदर्शनले बेवास्ता गरेका हुन् की भन्ने सबैलाई लागेको छ

यसको वारेमा कुनै जानकारी निर्माण टिमले दिएका छैनन् । फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजको संघारमा रोकिएको थियो । कोरोना भाइरस जोखिमका कारण रोकिएको फिल्म कहिले रिलिज हुने हो कुनै टुङ्गो छैन ।

फिल्मका नायक पल शाहलाई पनि पुजा–सुदर्शनले बेवास्ता गरेका हुन् की भन्ने सबैलाई लागेको छ । निर्माण टिमले भने नयाँ विषयवस्तुमा फिल्म निर्माण हुन लागिएको कारण नयाँ अनुहारको खोजी गरेको बताईएको छ ।

लकडाउनकै प्रेम कहानीमा फिल्म बनाउन लागेको पनि सुदर्शन थापाले बताएका छन् ।

नयाँ अनुहारका लागि अडिसनको प्रक्रियालाई अघि बढाउने पनि टिमल जनाएको छ । लकडाउनकै प्रेम कहानीमा फिल्म बनाउन लागेको पनि सुदर्शन थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!