धनुषा जिल्लाको एक स्थानीय तहले कुहिएको चामल राहत दिएको पाइएको छ । जनकनन्दनी गाउँपालिका वडा नं.१ (इनर्वा)ले दोश्रो चरणको राहत वितरणमा विपन्न परिवारलाई कुहिएको चामल दिएको हो । लकडाउनका कारण काम गर्न नपाएका विपन्न तथा मजदुरका परिवारलाई वितरण गरेको चामल कुहिएको पाइएपछि विपन्न परिवारले वडा अध्यक्षलाई राहत फिर्ता गरेको छन् ।
राहतमा प्रति परिवारलाई १० केजी चामल, १ केजी दाल, १ लिटर तेल, १ केजी नुन,१ केजी आलु प्याकिङ गरिएको थियो । वडा कार्यालयले दिएको राहत घर गएर चामल बोरा खोलेर हेर्दा कुहिएर पहेंलो देखिएको स्थानीयहरुले बताए ।
स्थानीयहरु आरोप
स्थानीयहरु भने स्थानीय सरकारले राहतका नाममा जनतालाई ठग्ने काम भइरहेको आरोप लगाएका छन् । जनतालाई कुहिएको चामल वितरण गरेर स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!