सोमबार, आषाढ ०१, २०७७ || 689  पटक पढिएको

जिल्लाको बडिकेदार गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार गाउँपालि–३ सुनालेकमा से१ख १२६२ नम्बरको मिनिट्रक दुर्घटना हुँदा ४० वर्षीय डबल पुनमगर र उनका १३ वर्षीय छोरा धीरज पुनमगरको मृत्यु भएको हो ।

मृतक बुबा, छोराको भएको खुलेको प्रहरीले जनाएको छ । मिनिट्रक चालक श्यामलाल चौधरी भने फरार रहेको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिपिनगरले जनाएको छ ।

घागलबाट धनगढी जाँदै गरेको सो मिनिट्रक आज साँझ सुनालेक नजिक दुर्घटना भएको हो । पानी परेर बाटो चिप्लो भएका कारण गाडी दुर्घटना भएको हुनसक्ने तथा ट्रक सडकबाट कम्तीमा पनि १०० मिटर तल खानेलामा खसेको इलाका प्रहरी कार्यालय बिपिनगरका प्रमुख लालबहादुर ऐरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!