बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम दाहसंस्कार गरिएको छ । सोमबार मुम्बईको विले पार्ले घाटमा उनको अन्तिम दाहसंस्कार गरिएको हो । उनलाई बुवा केके सिंह र बहिनीहरुले दागबत्ति दिएका थिए ।

उनको अन्तिम दाहसंस्कार क्रममा बलिउड अभिनेत्रीहरु कृति सैनन, श्रद्धा कपुर र अभिनेता राजकुमार राव, सुनिल शेट्टी, विवेक ओराँय वरुण शर्मा, अर्जुन बिजलानी र अन्य धेरै कलाकारहरुको उपस्थिति थियो । अन्तिम संस्कारमा २५ जना सहभागी भएका थिए । सुशान्तको अस्तुलाई परिवारले पटना लगेर गंगामा विसर्जन गर्ने भएका छन् ।

पोष्टमार्टमपछि सुशान्तको शव कुपर अस्पतालमा राखिएको थियो । सोही अस्पतालबाट शवयात्रा गरिएको थियो । यद्यपि,परिवारले अन्तिम दाहसंस्कार पटनामा गर्न चाहेको थियो तर कोरोना महामारीका कारण प्रशासनले अनुमति नदिएको सुशान्तका भाई निरजले बताए । सुशान्तको मृत शरीरको कोरोना परीक्षण समेत गरिएको थियो । परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!