सोमबार, आषाढ ०१, २०७७ || 647  पटक पढिएको

सुनसरीको बिभिन्न २ स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट आईतवार दिउँसो गस्तिमा खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ र बर्जु गाउँपालिका-३ बाट १/१ जना गरी २ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । भोक्राहा नरसिंह गाउँपालिकाबाट सोही गाउँपालिका-८ का शिव शंकर मेहेतालाई अबैध लागुऔषधहरु डाईलेक्स डि.सि.२१ बोतल, स्पास्मोप्रोक्सिभन १४१ क्याप्सुल र नाईट्रोसन ३७ ट्याबलेट सहित पक्राउ गरेको हो ।

यसैगरी बर्जु गाउँपालिकाबाट बिराटनगर महानगरपालिका-१६ का सन्तोष मण्डललाई अबैध लागुऔषध डाईलेक्स डि.सि.५९ बोतल, स्पास्मोप्रोक्सिभन २८८ क्याप्सुल र नाईट्राभेट १० लेखिएको ६०० क्याप्सुल सहित पक्राउ गरिएको हो । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!