सोमबार, आषाढ ०१, २०७७ || 635  पटक पढिएको

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको पत्ता लगाउन सरकारले पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ । मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर २१ प्रयोगशालाबाट एक लाख ३३ हजार ३७७ को कोरोना परिक्षण भएको छ । आइतबारसम्म सबै भन्दा बढि परिक्षण काठमाडौँमा भएको छ । त्यसपछि गत वैशाख २२ गतेदेखि सञ्चालनमा आएको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढि परिक्षण भएको छ ।

सार्वजनिक तथ्याङ्कअनुसार काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४६ हजार २२३ को पिसिआर भएको छ । त्यसपछि दोस्रो जुम्लामा सात हजार ४६५ को पिसिआर परीक्षणको तथ्याङ्क सार्वजनिक भएको छ । तेस्रो स्थानमा सुर्खेत प्रादेशिक अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा सात हजार २९७ को पिसिआर परीक्षण भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!