उपत्यका लगायत देशभर आज बिजोर नम्बरका निजी सवारी साधनहरु सञ्चालन भएका छन् । यो व्यवस्था मोटरसाइकल (दुई पांग्रे) सवारी साधनमा पनि लागू भएको ट्राफिक प्रहरी महाशाखाले जनाएइको छ । लकडाउनको नयाँ व्यवस्था अनुसार देशभर जोरबिजोर प्रणाली लागू भएपछि, जोर गतेका दिन जोर नम्बर प्लेट र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएका सवारी साधन चल्ने नियम बनाइएको छ । सवारी साधनमा भएको नम्बर प्लेटको अन्तिम अंकको आधारमा जोर र बिजोर छुट्याइएको ट्राफिक प्रहरीले जनाएको छ । जसअनुसार आज बिजोर नम्बर प्लेटका निजी सवारी साधन मात्र चल्न चल्न पाएका छन् । जोर बिजोरप्रणाली अनुसार मोटरसाइकलमा २ जना सवार गर्न नपाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । निजी ४ पाङ्गरे सवारी साधनमा भने चालक सहित ३ जना सवार हुन पाउने छन् । पास लिएका सवारी साधनको हकमा भने जोर बिजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ ।