विद्यालय, कलेजलगायत शैक्षिक संघसंस्था अझै दुई महिना नखुल्ने भएका छन् । कोभिड-१९ को जोखिमलाई दृष्टिगत गरी अझै दुई महिना शैक्षिक संघसंस्था नखोल्ने निष्कर्षमा सरकार पुगेको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अझै दुई महिना विद्यालय र कलेज खुल्ने अवस्था नभएको बताएका छन् । उनले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनमा भने, ‘अझै दुई महिना विद्यालय र कलेज खुल्ने अवस्था बनेको छैन ।’ तत्काल विद्यालय नखोल्ने भएपछि सरकारले विकल्पका रुपमा टेलिभिजन र रेडियोमार्फत् अध्यापनको व्यवस्था बनाएको छ । अध्यापनको समय निकालेर व्यवस्था बनाएको हो ।

शिक्षा मन्त्रालयले दशैं अगाडि मात्र विद्यालय र कलेज खोल्ने तयारी गरेपछि निजी शैक्षिक संघसंस्थाले आन्तरिक तयारी गरेर दुरशिक्षा शुरु गरिसकेका छन् । अनलाइन कक्षा कतिपय निजी विद्यालयमा चलिरहेको छ । कतिपयले भर्ना पनि शुरु गरेका छन् ।

यसैगरी, कक्षा ११ को परीक्षाबारे शिक्षा मन्त्रालयले पछि गर्ने गरी तयारी गरेको छ । तर, कक्षा १२ को परीक्षा भने हुने भएको छ । तर, परीक्षा कहिले हुने भन्नेबारे शिक्षा मन्त्रालयले खुलाएको छैन । सम्भवत दशैं अगाडि नै कक्षा १२ को परीक्षा सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको बुझिएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ११ र १२ को भने परीक्षा लिनैपर्ने हुने बताए । उनले भने, हामीले कक्षा १० र १२ को परीक्षा गर्नुपर्नेथियो । परिस्थिति सामान्य भएपछि परीक्षा हुन्छ । अहिले ११ को परीक्षाको त्यस्तो हतार नभएको बताए । कक्षा चढाउनुपर्यो भने पछि परीक्षा गरेर पनि गर्न सकिने उनको भनाई थियो ।

पोखरेलले एसईई नै खारेजी नहुने बताए । एसईईको इतिहास लामे भएको भन्दै उल्लेख गर्दै भने, ‘अहिले पनि प्रहरी, सेना र सरकारी सेवामा जाँदा श्रमबजारमा कामसँग पनि गाँसिएको छ । अहिलेसम्म यो प्रमाणपत्रलाई लोकसेवाले पनि मान्यता दिइरहेको लगायतका धेरै पक्षहरु छन् ।’ एसईई नै खारेजीको विषयमा अझै छलफल नपुगेको बताए ।

परीक्षा अनुकूल समयमा गर्नुपर्ने भन्दै विश्वविद्यालयहरुको लागि नयाँ ढंगले सोच्नुपर्ने बताए । ‘हामीले जेठभरिमा शिक्षासम्बन्धी सबै विषयमा स्पष्ट पार्दै जान्छौं भनेका थियौ त्यो हुँदैपनि गएको छ,’ पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!