सोमबार, आषाढ ०१, २०७७ || 596  पटक पढिएको

कतारको दोहास्थित नेपाली दूतावासले कतारमा समस्यामा परेर तत्काल स्वदेश फर्किनुपर्ने नेपालीको सूची सार्वजनिक गरेको छ ।

प्राथमिकतामा परेका र कम्पनीले नै नेपालीको स्वदेश फिर्तीका लागि विवरण टिपाएका गरी कुल छ हजार ७७ जनाको विवरण दूतावासले सार्वजनिक गरेको हो । दूतावासका अनुसार विभिन्न कारणले समस्यामा परेका पाँच हजार ११२ जना प्राथमिकतामा परेका छन् भने ९६५ जनाको स्वदेश फिर्तीका लागि कम्पनीले नै दूतावासमा विवरण टिपाएका छन् ।

कम्पनीले नै स्वदेश फर्काइदिने नेपालीको कम्पनीले नै टिकटको व्यवस्था गरिदिने छन् भने अन्य विभिन्न कारणले समस्यामा परेका र कम्पनीले पनि टिकट नदिएमा नेपाली आफैँले टिकट लिनुपर्नेछ । कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो चरणमा चारवटा उडान हुनेछन् तर दूतावासले अहिले सार्वजनिक गरेको सूचीअनुसार पहिलो चरणमा सबै नेपाली फर्कन पाउने छैनन् ।

दूतावासले उनीहरूबाट पनि प्राथमिकता छुट्याएर पहिलो चरणमा प्राथमिकतामा परेका नेपालीको सूची फेरि सार्वजनिक गर्ने या व्यक्तिगत रूपमै सम्पर्क गरेर जानकारी गराउने जनाएको छ । (गोरखापत्रबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!