यौ’नप्रति हाम्रो विकृत सोंच छ । यौ’न भन्नसाथ त्यसलाई ‘छा’डा’ भनेर नाक खुम्च्या’उने प्रवृत्तिले यस सम्बन्धमा खुला बहस हुन सकिरहेको छैन । नतिजा, यौ’नकुण्ठा जस्ता मनोविकारले धेरैलाई ग्रस्त बनाइरहेको छ ।

खासगरी दाम्पत्य जीवनमा यौ’न सम्बन्धले खास महत्व र अर्थ राख्छ । यौ’न सम्बन्ध बनाउनु भनेको केवल बंश निरन्तरताका लागि मात्र होइन । न त हल्का मनोरञ्जनका लागि मात्र । यो दम्पतीको मन, शरीरलाई एकाकार गर्ने एउटा प्राकृतिक र उत्तम विधी हो ।

यौ’न सम्बन्धमा जुन किसिमको मधुरता हुन्छ, त्यसले दम्पतीको सम्बन्धमा उर्जाको संचार हुन्छ । तर, यौ’न सम्बन्ध बोभिलो भयो भने उनीहरुको सम्बन्ध पनि फिका हुन पुग्छ । आखिर किन यौ’न सम्बन्ध बोझिलो हुन्छ ? यसका दोषी को ? श्रीमान् कि श्रीमती ? वा दुबै ?

बेफुर्सदिला दम्पती

अहिले जमाना बद्लिएको छ । मान्छेको दिनचर्या बद्लिएको छ । आधुनिक उपकरणसँग एकाकार हुँदै गएको मानव जीवनमा धैर्यताको कमी हुँदैछ । एक क्लिकमै संसारको सूचना पाउने आकंक्षा जस्तै हरेक कुरा छिटो-छरितो होस् भन्ने चाहन्छन् । भनौं, सबैलाई एक किसिमको हतारो छ ।

छिटो पढाई सक्ने, छिटो रोजगारी गर्ने, छिटो धन कमाउने, छिटो मान-प्रतिष्ठा आर्जन गर्ने । यो हतारो एक प्रवृत्तिको रुपमा विकास भएको छ । यसको साइड इफेक्ट मानिसको यौ’न जीवनमा पर्न थालेको छ ।

यौनमा पनि हतारो ! हो त, हामीलाई अहिले यौ’न सम्बन्धलाई सुमधुर बनाउने फुर्सद छैन । यौ’न सम्बन्ध क्षणभरमै बनाउने र क्षणभरमै त्यसबाट सन्तुष्ट प्राप्त गर्ने चाह बढेको छ ।

अर्कोतिर काम, करियर, पैसा आदिको चक्करमा मानिसहरु थाक्दै, गल्दै गएको छ । उनीहरुको मस्तिष्कमा केवल ‘कसरी कमाउने’, ‘कसरी सफल हुने’, ‘कसरी प्रगति गर्ने’ भन्ने कुरा मात्र घुम्न थालेको छ । यसरी उनीहरु यौ’नबाट क्रमस टाढिदै गएका छन् । आफ्नै शरीर र शरीरको आवश्यक्तालाई भुलेर सुख-सुविधा, उन्नती-प्रगति, मान-प्रतिष्ठा खोजिरहेका छन् । यसले उनीहरुको यौ’न जीवन क्रमस ओझेल पर्दै गएको छ ।

दिनभर दम्पती काममा व्यस्त हुन्छन् । दुबै आ-आफ्नै कमाई, धन्दामा लाग्छन् । दुबैलाई काम र करियरकै धुन हुन्छ । साँझ घर र्फकन्छन् । फेरी उनीहरु मोबाइल, टिभी वा सामाजिक सञ्जालमा भुलिन्छन् । आपसी सम्वाद हुँदैन । स्पर्श हुँदैन । शारीरि’क सम्बन्धको कुरा छाडौं ।

रोमाञ्चक यौ’न जीवनका लागि

दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन सर्वोत्तम विकल्प हो । यसका लागि दुबै शारीरिक रुपमा तयार भएर मात्र पुग्दैन, मान’सिक रुपमा पनि उत्तिकै उत्सुक हुन जरुरी छ ।

अक्सर पार्टनरमध्ये एकजना यौ’नका लागि तयार भइरहँदा अर्का पार्टनरलाई त्यसप्रति खास चासो हुँदैन । यसरी एकजनाको मात्र दवावमा बनाइने यौ’न सम्बन्ध रोमाञ्चक हुँदैन । त्यसैले जब एक पार्टनर यौनका लागि तयार हुन्छन्, अर्का पार्टनरलाई पनि त्यसमा उत्साहित गराउनुपर्छ । यसका लागि का*मुक हाउभाउ, पहिरन, वातावरण आदि थुप्रै कुराको व्यवस्था गर्न सकिन्छ । सिनेमा, संगीत, पुस्तकले पनि सघाउन सक्छ ।

यौ’नजीवनलाई सुखी बनाउने १० टिप्स

यौ’नसम्पर्कका बेला हरेक कुरालाई गम्भीर रूपले लिने गल्ती नगर्नुहोस्
स’म्भोगका बेला जोडीको मूडलाई ध्यानमा राख्नुहोस् । यदि जोडीको मुड खराब छ भने आफ्नो माया र स्पर्शले पहिले उसको मुडलाई सही ठाउँमा ल्याउने प्रयास गर्नुहोस् तर सम्भोगका लागि जोडी तयार नहुँदै कर नगर्नुहोस् ।

स’म्भोगका विषयमा तपाईंं वा जोडीको मनमा केही शंका भएमा पहिले त्यसलाई हटाउनुहोस् र मात्र सम्भो’गको सिलसिला अघि बढाउनुहोस् ।
यौ’नजीवनको पर्याप्त आनन्द लिनका लागि तपाईंं शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ ।
स’म्भोगलाई निरन्तरता दिनुहोस् ।

सम्भो’गका दौरान जोडीको सन्तुष्टिको ख्याल गर्नुहोस् ।
तपाईंं र तपाईंंको जोडीलाई बढी चर’मसुख प्राप्त हुन्छ ।
स’म्भोगका बेला कम बोल्नुहोस् र आफ्नो जोडीका कुरा पनि सुन्नुहोस् ।
सम्भोगका बेला आफ्नो जोडीको प्रशंसा गर्न नभुल्नुहोला ।
सम्भो’गका बेला एक–अर्कामा शारीरिक एवं मानसि’क रूपले बढी भन्दा बढी नजिक हुने प्रयास गर्नुहोस् ।

सांकेतिक तस्बिरः गुगल

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!