बलिउडका युवा अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेका हुन् । ३४ वर्षीय राजपुतको निधनलाई लिएर सिंगो भारतीय चलचित्र उद्योग यतिवेला शोकमा छ । सिंहको निधनलाई लिएर बलिउडका स्टारहरुले राम्रो स्टार गुमाएको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

बलिउडका सुपरस्टार भाईजान सलमान खानले सामाजिक सञ्जाल ट्विटरमार्फत मृत्त आत्माको शान्तिमामा बास होस भन्ने कामना गर्दै सधैं सम्झनामा रहिहने बताएका छन् । राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्थे। उनी डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!