आइतबार, जेठ ३२, २०७७ || 845  पटक पढिएको

बिस्व अहिले कोरोना भाइरसको महामारीमा फसेको छ । यो अवस्थामा पिंडा सबैलाई भएता पनि आफ्नो देशको चिन्ता अलि बढी सबैलाई हुने गर्दछ । हाम्रो देश नेपाल, जहाँ गरिबीको कारणले धेरै नेपालीहरु पर्देशिन बाध्य बनेका छन् । राज्यले ब्यरोजगारी समस्याको समाधान गर्नुको सट्टा अहिलेको सक्रमणको घडीमा बाध्यता बस परदेशिएका नेपालीहरुलाई उद्धार गर्न समेत नसकिरहेको गुनासाहरु सुन्न सकिन्छ ।

यी र यस्तै परिस्थितिलाई केन्दित गर्दै नेपाली गीत संगीतको क्षेत्रमा बेलाबखत बिभिन्न गीतहरु आइरहेका हुन्छन् । सोहि क्रममा भर्खरै मात्र अशंख्य श्रोता तथा दर्शकहरुका निमित्त डी.ए.आर मुभिज प्रालिले “आइदेउ फर्केर” बोलको ल्याएको छ । प्रभावन जे र स्मृति गौतमको स्वरमा रहेको यस गीतलाई लय तथा शब्द सिर्जना प्रभावन जे ले नै भरेका छन् ।

गीतको म्युजिक भिडियोलाई पनि उत्तिकै जिबन्त बनाउने कोसिस गरिएको छ । भिडियोमा सरोज दाहाल र अनु पराजुलीको अभिनय देख्न सकिन्छ । “आइदेउ फर्केर” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन प्रभावन जे समुहले गरेको छ भने छायांकन पिटर गुरुङ्ग र सम्पादन नबिन भाटले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!