आइतबार, जेठ ३२, २०७७ || 1024  पटक पढिएको

प्रदेश १ बाट लकडाउन पछी १८ हजार २ सय ९९ सय भारतीय नगरिक स्वदेश गएका छन । त्यस्तै १० हजार २ सय ६७ जना नेपाली स्वदेश आएका हुन । मुख्य चारवटा नाका झापाको कारभिट्टा, ईलामको पशुपतीनगर, सुनसरीको भण्टाबारी, विराटनगर रानी नाकाबाट स्वदेश फर्कीएका नेपालीहरु भन्दा ८ हजार ९९ सय ३० जना बढी भारतीय आफ्नो देश गएका हुन ।

प्रदेश १ प्रहरी कार्यलयका प्रवक्ता तथा प्रहरी उपरिक्षक दिपक पोखरेलका अनुसार ३१ जेठ सम्मको लकडाउन अवधिमा झापाबाट ६ हजार २ सय ६५ जना ईलामबाट ३सय २२ मोरङबाट २ हजार ६ सय ५८ र सुनसरीबाट १ हजार ३१ जना नेपालीहरु भारतबाट नेपाल फर्केका छन । यसैगरि नेपालबाट भारत जानेहरुमा इलामबाट २ जना झापाबाट १५ हजार ७ सय १२ र मोरङबाट २ हजार ८ सय ८५ जना छन । आउनेहरुलाई प्रदेश मातहतका होल्डिङ एरियामा राखेर ज्वरो जाँचगरि सम्बन्धित जिल्ला मार्फत स्थानिय तहमा पठाउने गरिएको प्रवक्ता पोखरेलको भनाई छ । सरकारले नेपाल र भारत आवत आवत गर्न प्रदेश १ का मुख्य चारवटा नाका खुल्ला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!