आइतबार, जेठ ३२, २०७७ || 614  पटक पढिएको

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कक्षा ११ को परीक्षा पनि नलिन सरकारसँग माग गरेको छ ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुजाउँदै नेविसंघले ११ को परीक्षा पनि एसईईको जस्तै आन्तरिक मूल्याङ्कन पद्दतिमार्फत टुङ्ग्याउन माग गरेको हो ।

कक्षा १२ को परीक्षा भने कोरोना महामारीको जोखिम कम भएपछि नजिकको विद्यालयले निरीक्षण गर्ने गरी होमसेन्टरबाटै लिनु पर्ने नेविसंघको माग छ ।

कक्षा १२ को परीक्षालाई भने राष्ट्रिय परीक्षाको मान्यता दिनु पर्ने माग गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए ।

नेविसंघले महामारीकै बीचमा नयाँ शैक्षिकसत्र सुरु गर्नु पर्ने अवस्थामा विद्यार्थीको सिकाइका लागि अनलाइन,रेडियो, टिभी, पत्रपत्रिकालगायतको माध्यमबाट पठनपाठन सुरु गर्नु पर्ने र इन्टरनेटलगायत सबै प्रविधिको नि:शुल्क व्यवस्थापन गर्न माग गरेको छ ।

हालै सरकारले ल्याएको आर्थिक वर्ष ०७७/०७८ को बजेटमा दिवा खाजा कायर्यक्रम, छात्रालाई सेनेटरी प्याड वितरण र छात्रवृत्ति कार्यक्रममा न्युन बजेट विनियोजन भएकोल आवश्यक व्यवस्था गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!