बिहिबार, पौष १७, २०७६ || 2432  पटक पढिएको

हिपमत डटकम
विराटनगर,पौष १७ : विराटनगर महानगरपालिकाले महानगरभित्र बसोबास गर्दै आएका सुकुम्बासीहरुको घर–टहरा लगायत संरचना भत्काउने सुचना जारी गरेसँगै उनीहरु आन्दोलित भएका छन् । नेपाल भुमिहिन सुकुम्वासी संगठनको नाममा उनीहरु आन्दोलित भएका हुन् ।

विराटनगर महानगर र त्यसको त्यसको आसपासमा बसोबास गर्दै आएका भुमिहिन सुकुम्बासीहरुले बिहीबार विराटनगर महानगरपालीका घेराउ गरे । विराटनगर महानगरपालिकाले गत मंसिर १२ गते अवैध रुपमा कब्जा गरि बनाइएका घर टहरा भत्काउने सुचना जारी गरेको थियो । महानगरले जारी गरेको सुचनाको बिरोधमा उनीहरु महानगर घेराउगर्न पुगेका थिए ।
कोण सभापछि महानगरपालिकाले भुमिहिन सुकुम्बासीहरुको समस्याको समाधान गर्नुपर्ने माग गर्दै विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत एकदेव अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!