आइतबार, जेठ ३२, २०७७ || 865  पटक पढिएको

नियमित पठनपाठन सुचारू गर्ने वा अन्य विकल्पमा जाने भन्ने सरकारी अलमलकाबीच झापाको एक सरकारी विद्यालयले नियमित पठनपाठन सुरु गरेको छ।

शिवसताक्षी नगरपालिका- ३ को शान्ति आधारभूत विद्यालयले भौतिक दूरी कायम गरेर पठनपाठन सुरु गरेको हो।

विद्यालयका प्रधानाध्यापक विष्णु भट्टराईले अभिभावक, विषय शिक्षक तथा सरोकारवालाहरूको समन्वयमा पठनपाठन सुरु गरिएको बताए।

सरकार र विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको न्यूनतम सामाजिक दूरी कायम गरी आलोपालो पद्धति अपनाएर पठनपाठन सुरु गरिएको हो।

शिक्षक पनि विषयगत रुपामा आलोपालो गरेर आउने र शिक्षण गर्ने गरेका छन्। एकजना विद्यार्थी हप्तामा दुई दिन विद्यालाय आउने गरी अध्ययन सुचारु गरेको प्रअ भट्टराईले जानकारी दिए।

‘विद्यार्थी विद्यालयमा प्रवेश भएपछि साबुन पानीले हात धुने र सबै विद्यार्थीले सेनिटाइजर र माक्स प्रयोग गरी कक्षाकोठामा पस्ने र बस्ने गरेका छन्,’ उनले भने , ‘घरमा बस्दा गाउँमा कोरोना भाइरस के हो, कसरी बच्ने सिकाउन गाह्रो थियो तर विद्यालयमा शिक्षकहरुले त्यसको बारेमा प्रत्येक दिन जानकारी गराउँदा विद्यार्थी मात्र होइन, अभिभावक तथा समाजलाई फाइदा पुगेको छ। ’ बेञ्चडेस्क र अन्य बस्ने साधन निसंक्रमण गर्ने गरिएको विद्यालयले जनाएको छ।

शिवसताक्षी- ३ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद सापकोटाले अभिभावकको सुझाव अनुसार यस्तो निर्णय गरिएको बताए।

लामो समयदेखि जारी बन्दाबन्दीका कारण विद्यार्थीहरु गाउँघरमा खेल्न जाने, जानी नजानी कुलतमा फस्ने, गर्मीको समय भएकाले नहर, खोलाखोल्सामा पौडी खेल्न जाने लगायत समस्या देखिएको अभिभावकले विद्यालयमा जानकारी गराएका छन्।

घरमा बस्दा झनै जोखिम हुने अभिभावकले बताएको र उहाँहरुकै अनुरोधमा सुरक्षित तवरले विद्यालय सञ्चालन गरेको प्रअ भट्टराईले जनाए।

विद्यालयका शिक्षकहरुले पनि विद्यालयको कदममा आफूहरु सन्तुष्ट र साथ रहेको बताउँछन्। शिवसताक्षी- ११ स्थित काफ्ले खाद्य भण्डारका सञ्चालक यामनाथ काफ्लेले १० बोतल सेनिटाइजर विद्यालयलाई उपलब्ध गराएका छन् । सो सामग्री प्रयोग गरेर मात्रै विद्यार्थीलाई कक्षाकोठामा प्रवेश गराइन्छ।

बाढीको उच्च जोखिममा रहेको शिवसताक्षीको दुर्गम क्षेत्रमा रहेको उक्त विद्यालयमा करिब २ सय विद्यार्थी रहेका छन्।

विद्यालय सञ्चालन भएपछि सञ्चारकर्मी, नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीका पदाधिकारीले सो विद्यालयको अनुगमन गरी वस्तुस्थिति बुझ्ने काम गरेको छ । रेडक्रस सभापति नारायण दाहाल, सचिव गोविन्द काफ्ले लगायतको टोलीले अनुगमनका लागि विद्यालय पुगेको थियो।

विद्यालयमा न्यूनतम सामाजिक दुरी कायम गरी विद्यार्थीहरु कक्षा कोठामा बसेको पाइएको अनुगमनमा गएका दाहालले बताए। अभिभावकहरुले विद्यालय परिसर नजीक बसेर विद्यार्थीलाई पर्खने र निगरानी गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!