खबर ठुलो छ

बलिउड नायिका ऐश्वर्या रायलाई धेरैले ‘ब्यस्टी विथ ब्रेन’ भन्छन् । कतिपय अवस्थामा त उनले यो कुरा पुष्टिसमेत गरिसकेकी छिन् । सन् १९९४ मा उनले विश्व सुन्दरीको ताज जितेकी थिइन् । उक्त ताज हासिल गरेलगत्तै उनलाई १० लाख डलर पाएको खण्डमा के गर्नुहुन्छ भनेर सोध्दा उनले निकै समझदारीपूर्ण जवाफ दिएकी थिइन् ।

‘यति छिटो दिन सक्दिनँ जवाफ’

एक समाचार एजेन्सीलाई दिएको जवाफमा ऐश्वर्याले आफूले यो प्रश्नको जवाफ केही सेकेन्डमा दिन नसक्ने बताएकी थिइन् । यसका लागि उनले निकै ध्यान दिएर सोच्नुपर्ने बताएकी थिइन् ।

‘व्यवहारिक प्रयोग’ऐश्वर्याले पैसा अत्यधिक धेरै भएकाले यसलाई हल्का रुपमा नलिने बताउँदै उक्त पैसाको व्यवहारिक प्रयोग गर्ने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘यो खर्च गर्नका लागि सोच्नुपर्नेछ ।’

‘सार्थक कुरामा खर्च गर्नेछु’

आफूले यस्तो मिस वर्ल्डको टाइटल जितेका कारण नभनेको पनि स्पष्ट पारिन् । उनले भनेकी थिइन्, ‘यो रकम म यस्तो कुराका लागि खर्च गर्ने जुन साँच्चै नै सार्थक होस् र खुसीसमेत देओस् ।’

संसारमा पैसाको महत्व अत्यधिकः

ऐश्वर्याले भनेकी थिइन्, ‘पैसाले खुसी त किन्न सकिँदैन तर म अरुलाई मद्दत गरेर खुसी हुनसक्छु । यो संसारमा पैसाको निकै ठूलो भूमिका छ ।’

मणि रत्नमको फिल्लमा देखिनेछिन्ः

लकडाउनको क्रममा ऐश्वर्या आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् । कामको कुरा गर्ने हो भने ऐश्वर्या मणि रत्नमको नयाँ फिल्ममा देखिनेछिन् ।

आइतबार, जेठ ३२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया