पछिल्लो समय नेपाल र भारतको सम्बन्ध बिग्रिनुमा भारतीय मिडियाहरुको समेत हात रहेको छ । कुनै समाचार प्रकाशन वा प्रसारण गर्दा धेरै नै सोच बिचार गरेर गर्नु पर्छ। मिडिया हो भन्दैमा जे गर्न पनि मिल्छ? सत्य तथ्य प्रमाण चाहिन्छ कि नै समाचार बनाउन अहिले आम मानिसहरुको दिमागमा नि यो प्रश्न धेरै नै खेल्ने गरेको छ । अझ भारतीय मिडियाहरुबाट त बिश्वाश नै हटिसकेको बिराटनगरका प्रकाश भण्डारीले हिपमत डटकमलाई बताउनु भयो। भारतीय मिडियाले आफ्नो छिमेकी देशलाई सधै हेप्ने गर्छ जे मन लाग्यो त्यहि भनेर देखाउछ ।

अहिले भारतीय धेरै मिडियाहरुले नेपाललाई भारतको दुस्मन देश भनेर प्रस्तुत गरिरहेको । कहिले नेपाललाई चीनको गुलाम भनेर कार्यक्रम प्रस्तुत गर्छ भने कहिले चिनको इसारामा चल्दैछ नेपाल भनेर त कहिले निकल गई नेपाल कि नकसे बाजी भनेर नेपाल र नेपालीहरुलाई अपमान हुने खालको सब्दहरुको प्रयोग गर्छ। नेपालमा हुन्छ एउटा घटना तर भारतीय मिडियाहरुले उक्त घटनालाई अर्कै रंग दिने गर्छ उदाहरणकालागि हेरौं अस्ति मात्र पर्सा गाउँपालिका–३ स्थित नारायणपुर पोस्टमा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि बिहान साढे ९ बजेतिर करिब सयको संख्यामा आएका भारतीयले आक्रमण गरेका थिए । उनीहरूमध्ये अधिकांश सीमावर्ती भारतीय गाउँ टोला–ललबन्दीका व्यापारी थिए । लकडाउनपछि नेपाल–भारत ओहोरदोहोर रोकिएका कारण व्यापारमा समस्या भएको भन्दै उनीहरू जबर्जस्ती नेपाल पस्न खोजेका थिए । भारतबाट दैनिक सामान ल्याएर दिनभरि नेपालमा बेच्ने उनीहरूको व्यापार थियो ।सशस्त्रले रोकेपछि उनीहरू आक्रमणमा उत्रिए । सशस्त्रको एक थान हतियार पनि खोसे ।

उनीहरुको आक्रमणमा २ जना प्रहरी बलका जवान अझै घाईते छन् उक्त घटनामा आफ्नो बचाउ गर्न ससस्त्र प्रहरी बलले गोलि चलायो गोलि लागेर एक भारतीय को मृत्यु भयो। उक्त घटनालाई भारतीय मिडियाले अर्कै रंग दियो भारती मिडियाले भन्यो नेपाल भारत सिमा क्षेत्रमा नेपालले अनाधुंन गोलि चलाउदा भारतीय नागरिक को ज्यान गयो अझै के भन्यो भन्दा अब नेपाल पनि पाकिस्तान जस्तै गोलि बारीमा उत्रेको छ भारतसंग टक्कर नेपालले लिरहेको छ भनेर जे मन मा लाग्यो त्यही भनेको छ त्यहि देखाएको छ। आखिर कहिलेसम्म भारतीय मिडियाको दादागिरी हामीले सहने ? भारतको धेरै जसो मिडियालाई भारत कै नागरिकहरुले समेत मन पराउदैन किन कि उनीहरुसंग मानवता नै छैन आफ्नो कार्यक्रम र टेलिभिजन शो लाई हिट बनाउन र टि आर पी बढाउँन उनीहरुले हरेक चिज गर्न तयार हुन्छ। नभएको कुरालाई नि हो भन्छ र भएको कुरालाई नि आफ्नो सब्द तथा रंग दिएर प्रकाशन प्रशारण गर्छ। मनिसा कोइरालाले नेपालको पक्षमा बोल्दा भारतिय मिडियाहरुले मनिसाको जिना हराम नै गरिदिएको थियो। मनिसा राता रात नेपाल आउँन बाध्य भए। यो त केवल प्रतिनिधि घटना मात्र हुन यस्ता कयौ घटनाहरु छन् जुन हामी हिपमत डटकममा क्रमस प्रकाशन गर्ने छौ। अन्त्यमा एउटा कुरा यस्तै हो भने अब भारतीय मिडियालाई कसले बिश्वाश गर्छ ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!