चार युरोपियन मुलुकहरुले कोरोना भ्याक्सिनको उत्पादन र वितरणको जिम्मा लिएको अष्ट्राजेनेका कम्पनीसँग सम्झौता गरेका छन् । युरोपियन मुलुकहरु इटाली, जर्मनी, फ्रान्स र नेदरल्यान्डसले सो कम्पनीसँग भ्याक्सिन आपूर्तिका लागि सम्झौता गरेका हुन् । इटलीका स्वास्थ्यमन्त्रीका अनुसार सोही सम्झौताअनुसार उक्त कम्पनीले युरोपका नागरिकहरुका लागि कोरोना भाइरसको भ्याक्सिन आपूर्ति गर्नेछ ।

यो सम्झौता बेलायतमा बन्ने सम्भावित भ्याक्सिनको ४ सय मिलियन डोज प्रदान गर्ने उद्देश्यले भएको हो । उक्त सम्भावित भ्याक्सिन बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरु विकास गर्ने चरणमा रहेका छन् । यो भ्याक्सिनको प्रयोगात्मक चरण सेप्टेम्बरमा अन्त्य हुने आशा गरिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!