आइतबार, जेठ ३२, २०७७ || 897  पटक पढिएको

 

नयाँ नक्सा निसान छापमा समेट्न संविधान संशोधन भएको खुसियालीमा उर्लाबारीमा दीप प्रज्वलन ।।

प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसियाली मनाइएको छ । निसान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि उर्लाबारी सहित देशभर खुसियाली मनाइएको हो ।

नेपालको संविधानको निसान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा राख्ने गरी संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसियालीमा शनिबार साँझ नेकपानिकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले उर्लाबारी चोकमा दीप प्रज्ज्वलन गरेका छन् ।

भारतले अतिक्रमण गरेको भूमि समेटेर सार्वजनिक गरेको नयाँ नक्सा संविधानको अनुसूचीमा राखेको खुसियालीमा दीप प्रज्ज्वलन गरिएको राष्ट्रिय युवा सघं जिल्ला कमिटी सदस्य रबिन लामाले बताए । दीप प्रज्ज्वलनमा सहभागीले ‘लिम्पियाधुरा हाम्रो हो’, ‘चन्द्र, सूर्य हाम्रो स्वाभिमान’जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ उर्लाबारी नगर अध्यक्ष नेता राजिब लिम्बुले नेपालका लागि आजको दिन महत्वपूर्ण भएकाले खुशी साट्न कार्यक्रम आयोजना गरेको बताए । उनले राष्ट्रियताका सवालमा युवा संघ दृढतापूर्वक उभिदै आएको र अहिले सरकारका विरुद्धमा आन्दोलन गर्नुपर्ने आवश्यकता नरहेको धारणा समेत राखे । सो अवसरमा नेकपाका नेताहरु मिलन दाहाल, भीष्म बुढाथोकी लगायतले संविधान संशोधन भएको आजको दिन महत्वपूर्ण रहेको र यस किसिमको महत्वपूर्ण भुमिका खेलेकोमा नेतृत्वप्रति आभार ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!