शनिबार, जेठ ३१, २०७७ || 1637  पटक पढिएको

सरकारले कोरोनो संक्रमणलाई रोकथाम गर्न नसकेको आरोप लगाउँदै लकडाउन र निषेधाज्ञाकै वीच केहि दिनदेखि राजधानी काठमाडौंलगायत विभिन्न शहरमा जारी बिरोध प्रदर्शनमा घुसपैठ भएको आरोप अन्ततः पुष्टि भएको छ । प्रदर्शनकारीले सबै नागरिकको पीसीआर परीक्षण गर्नुपर्ने र हालसम्म खर्च भएको भनिएको १० अर्ब रूपैयाँको विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने माग राखेका थिए । तर, सतहमा पीसीआर र कोरोना रोकथाम खर्चको विषय देखिएपनि भित्रि मक्सद् अरु नै रहेको हुनसक्ने पक्राउ परेका विदेशीको संख्याले देखाएको छ ।

आज माइतिघर मण्डलामा भएको प्रदर्शनबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ । तीमध्ये सात जना पर्यटक भिसामा बसेका विदेशी नागरिक रहेको पाइएको छ । सातजना विदेशीमध्ये तीनजना चिनियाँ,क्यानाडा,नर्वे,अमेरिका र अष्ट्रेलियाका एक एकजना छन् । प्राप्त विवरणअनुसार पक्राउ परेका विदेशीमा ३२ वर्षिया अमेरिकी नागरिक स्टेफन आन थोमटन, क्यानाडाबाट ५७ वर्षका रेजा हादी,अष्ट्रेलियाका २४ वर्षे कलानी गेकोन, नर्वेकी ३१ वर्षिया मारिता लिभेरोइड छन् ।

त्यसैगरी आजै समातिएका चिनियाँ नागरिकहरूमा ४० वर्षिया छिन् ली,३० वर्षिया कुलिगो च्या र २६ वर्षका प्लुटो लिउ हुन् । प्रहरीले तीनजना नेपालीलाई पनि पक्राउ गरेको छ । तिनमा थापाथलीका २५ वर्षे इसान्त चन्द,जुम्लाका ३७ वर्षे खड्ग रोकाया र काठमाडौंका ३१ वर्षे सविन श्रेष्ठ छन् । प्रहरीले श्रेष्ठ र नर्वेकी मारितालाई हनुमानस्थानबाट र अन्यलाई माइतीघर क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!