शनिबार, जेठ ३१, २०७७ || 589  पटक पढिएको

कोरोना सङ्क्रमित बढिरहेका बेला कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको अभाव देखिएको छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा समस्या देखिएको हो । प्रदेशमा हाल ५० विशेषज्ञ चिकित्सक रहेकामध्ये प्रदेश मातहतमा ३३ जना मात्र छन् । प्रदेश मातहतका २५ लाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमै करारमा नियुक्त गरेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यहाँ ५९ विशेषज्ञ चिकित्सकमध्ये ५१ जनाको दरबन्दी रिक्त छ । प्रदेश स्वास्थ्य निर्देशक डा रीता भण्डारी जोशीले चिकित्सकसहितका स्वास्थ्यकर्मीको अभावले कोरोना सङ्क्रमितको उपचारमा चुनौती थपिएको बताउनुभयो । “सङ्क्रमित दिन प्रतिदिन बढिरहेकाले स्थानीयस्तरमै आइसोलेशन कक्ष स्थापना गरी उपचार गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “स्थानीय तहमा पाँचाँै र छैटौँ तहका स्वास्थ्यकर्मी मात्रै हुनुहुन्छ, अधिकांश स्थानीय तहमा अनमी, अहेब र एचए खटिनुपरेको छ ।” कर्णालीमा सङ्क्रमितको सङ्ख्या ८४६ पुगिसकेको छ भने कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ । कर्णालीमा २५ अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र र ३३३ स्वास्थ्यचौकी छन् । जिल्ला अस्पतालमा तीन विशेषज्ञ चिकित्सकको दरबन्दी छ । अधिकांश करारमा नियुक्त गरिएका एक–एक विशेषज्ञ चिकित्सकबाट सेवा सञ्चालन गरिएको छ भने मेडिकल अधिकृत, नर्सिङ स्टाफको सङ्ख्या पनि न्यून छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!