खबर ठुलो छ

बन्दाबन्दीका कारण नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका किसान कृषि उपजले उचित मूल्य नपाउँदा चिन्तित छन् । काठमाडौँ, पोखरा, बुटवललगायत ठूला बजारसम्म उत्पादित तरकारी पुग्न समस्या भएपछि स्थानीय बजारमा सस्तो मूल्यमा तरकारी बिक्री गर्न बाध्य भएको किसानको गुनासो छ । “उत्पादित तरकारी स्थानीय बजारमा मात्र खपत भएको छ । जिल्ला बाहिर पठाउन नसक्दा सस्तोमा तरकारी बिक्री गर्नुपरेको छ”, प्रतापपुर – ६ कठहवाका किसान इन्द्रेश कुमार भन्नुहन्छ । अहिले किसानका खेतमा करेला, बोडी, भिण्डी, टमाटर, घिरौँला, खुर्सानी, काँक्रो, मुला, फर्सी, लौकालगायत तरकारी किसानका खेतमा तयारी अवस्थामा छन् । उत्पादित कृषि उपजलाई ठूला बजारसम्म पु¥याउन समस्या हुँदा तरकारीले उचित मूल्य नपाएको प्रतापपुर – ६ गुठीप्रसौनीका किसान मनोज कोइरी बताउनुहुन्छ । बन्दाबन्दीभन्दा अन्य समयमा व्यापारीले किसानको खेतखेतमा पुगेर उचित मूल्यमा तरकारी खरीद गर्ने गरे पनि अहिले व्यापारी नआउँदा तरकारी खेतमै रहेकाले सस्तोमा बेच्नुपरेको किसानहरुको भनाइ छ । बन्दाबन्दीका कारण ठूला बजारसम्म उत्पादित तरकारी पु¥याउन निकै कठिन भएपछि सस्तो मूल्यमा स्थानीय बजारमा बिक्री गरिएको किसान बताउँछन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा वार्षिक १० हेक्टर क्षेत्रफलमा करीब ५० मेट्रिक टन तरकारी उत्पादन हुँदै आएको छ ।

शनिबार, जेठ ३१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया